चन्द्रागिरीको जङ्गलमा हराएका ५ जनाको मध्यरातमा उद्धार
हिउँ खेल्न भनी चन्द्रागिरी वरपरको जङ्गलमा हराएका ५ जनाको मध्यरातमा उद्धार गरिएको छ । माघ २३ गते दिउँसो चन्द्रागिरीमा हिउँ खेल्न गई हराइरहेका ५ जनाको मध्यराति १ बजे १५ मिनेटमा प्रहरीले उद्धार गरेको हो ।
प्रहरी टोलीले चन्द्रागिरिको जङ्गलमा फसेका चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ महादेवस्थान बस्ने २३ वर्षीय रीता गुरुङ, १५ वर्षका सौभाग्य गुरुङ, १३ वर्षका सहज गुरुङ, ११ वर्षीय जेनिसा गुरुङ र ७ वर्षीय एरविन गुरुङको उद्धार गरेको हो ।
हिउँ खेल्न गएका बालबालिकासहितका पाँच जना हराएको सूचना आउनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट डिएसपी डिल्ली नारायण पाण्डेय नेतृत्व र महानगरीय नगर प्रहरी कार्यालयबाट डीएसपीकै कमाण्डमा उद्धार टोली हराइरहेकाहरुको खोजीको लागि चन्द्रागिरी जङ्गलमा गएको थियो । त्यसैगरी विपद् व्यवस्थापन गुल्म सामाखुसीबाट समेत गरी ३७ जनाको उद्धार टोलीले ५ घण्टा लामो सर्च अपरेसनपछि हराइरहेका पाँचजनालाई उद्धार गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण