आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चन्द्रागिरीको जङ्गलमा हराएका ५ जनाको मध्यरातमा उद्धार

सोमबार, २४ माघ २०७८, ०९ : ५०
सोमबार, २४ माघ २०७८

हिउँ खेल्न भनी चन्द्रागिरी वरपरको जङ्गलमा हराएका ५ जनाको मध्यरातमा उद्धार गरिएको छ । माघ २३ गते दिउँसो चन्द्रागिरीमा हिउँ खेल्न गई हराइरहेका ५ जनाको मध्यराति १ बजे १५ मिनेटमा प्रहरीले उद्धार गरेको हो । 

प्रहरी टोलीले चन्द्रागिरिको जङ्गलमा फसेका चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ महादेवस्थान बस्ने २३ वर्षीय रीता गुरुङ, १५ वर्षका सौभाग्य गुरुङ,  १३ वर्षका सहज गुरुङ, ११ वर्षीय जेनिसा गुरुङ र ७ वर्षीय एरविन गुरुङको उद्धार गरेको हो ।

हिउँ खेल्न गएका बालबालिकासहितका पाँच जना हराएको सूचना आउनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट डिएसपी डिल्ली नारायण पाण्डेय नेतृत्व र महानगरीय नगर प्रहरी कार्यालयबाट डीएसपीकै कमाण्डमा उद्धार टोली हराइरहेकाहरुको खोजीको लागि चन्द्रागिरी जङ्गलमा गएको थियो । त्यसैगरी विपद् व्यवस्थापन गुल्म सामाखुसीबाट समेत गरी ३७ जनाको उद्धार टोलीले ५ घण्टा लामो सर्च अपरेसनपछि हराइरहेका पाँचजनालाई उद्धार गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप