गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
काठमाडौँ । गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री–वितरण र भ्रामक विज्ञापन रोक्न नेपाल आयुर्वेद चिकित्सक सङ्घले प्रमाण उपलब्ध गराउन सार्वजनिक अपिल गरेको छ ।
सङ्घ, गृह मन्त्रालय र नेपाल प्रहरीको समन्वयमा अवैध रूपमा सञ्चालित गतिविधिहरूमाथि अनुसन्धान भई कानुनी कारबाही अगाडि बढेको भए पनि दर्ताबिनाका औषधि, जडीबुटी तथा पोषण सामग्रीको नाममा अनलाइन र अफलाइन भ्रामक प्रचार भइरहेको गुनासो प्राप्त भएको सङ्घले जनाएको छ ।
यसका लागि सङ्घले गैरकानुनी औषधिको नाम, फोटो, अनलाइन लिङ्क स्क्रिनसट, पसल वा क्लिनिकको विवरण, बिल–रसिद तथा अन्य सम्बद्ध प्रमाणहरू उपलब्ध गराई सहयोग गर्न चिकित्सक, व्यवसायी, सञ्चारकर्मी र आम नागरिकमा अनुरोध गरेको छ ।
आयुर्वेदको नाममा हुने जुनसुकै अवैध गतिविधिप्रति ‘शून्य सहनशीलता’ को नीति लिइएको स्पष्ट पार्दै सङ्घले प्राप्त विवरणहरूको गोपनीयता कायम राखिने प्रतिबद्धता व्यक्त गरेको छ।
आधारहीन आरोप वा व्यक्तिगत प्रतिशोधका उद्देश्यले नभई स्पष्ट र पुष्टि गर्न सकिने सत्य प्रमाणहरू मात्र पठाउन सङ्घले आग्रह गरेको छ । सङ्कलित प्रमाणहरू गृह मन्त्रालय, नेपाल प्रहरी, औषधि व्यवस्था विभाग लगायतका नियमनकारी निकायहरूमा पेस गरी दोषीमाथि कडा कानुनी कारबाही अगाडि बढाइने सङ्घका अध्यक्ष डा.शङ्कर गौतम र महासचिव डा.ऋषि केशव भुसालद्वारा जारी अपिलमा भनिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण