किसानको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने जनमत पार्टीको चेतावनी
जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध खडा गर्ने चेतावनी दिएका छन् । अघिल्लो दिन निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई सर्कुलर गरेका अध्यक्ष राउतले बुधबार भने वीरगन्जमा पत्रकार सम्मेलन गरेर किसान आन्दोलनको माग पूरा नभए चुनावमा अवरोध गर्ने चेतावनी दिएका हुन् ।
राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताए । अध्यक्ष राउतले भने, ‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस्, अनी मात्र यहाँ स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं ।’
अर्को चरणको किसान आन्दोलन फागुन १ बाट घोषणा हुने जानकारी दिँदै अध्यक्ष राउतले भने, ‘मौसमको खराबीका कारण हाइवे केन्द्रीत आन्दोलन ग्रामिण क्षेत्रमा सारिएको छ, त्यसैले फागुन १ गतेबाट सशक्त कार्यक्रमबाट आन्दोलन अघि बढ्ने छ ।’
संघीय सरकारका कृषि मन्त्री महेन्द्रराय यादव मधेसकै भएपनि किसानको माग सुन्न नचाहेको जिकिर उनले गरे । अध्यक्ष राउतले डेढ महिनादेखि आन्दोलन जारी रहँदा पनि किसानहरुको मागमा सरकारले चासो नदिएको प्रति दुःख व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन प्रहरीको पोसाक खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई प्रधानमन्त्री सचिवालयको दबाब
-
बागमतीका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन
-
‘कोठा नम्बर १३’ अर्थात् यातना गृह र अभिषेक गिरीले चलाएको ‘यमराजको शासन’
-
बागमतीको बजेट सन्तुलित र यथार्थपरक छ : मन्त्री तामाङ
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
