आज बढ्यो सुनको मूल्य, कति पुग्यो ?
बिहीबार, २७ माघ २०७८, ११ : ०७
आज विहीबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कारोबार मूल्य ५०० रुपैयाँले बढेको जनाएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ४०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० र तेजाबी सुनको मूल्य ९२ हजार ९०० रुपैयाँ थियो ।
आइतबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन त्यसयता तोलामा १४०० रुपैयाँले बढेको छ । सोमबार १००, मंगलबार ५००, बुधबार ३०० र आज ५०० ले बढेको हो ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ कायम छ । हिजो बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण