आगामी आर्थिक वर्षदेखि ‘फेसलेस’ सेवा दिँदै उद्योग विभाग
उद्योग विभागले आगामी आर्थिक वर्ष २०७९÷८० देखि ‘फेसलेस’ सेवा सुरू गर्ने भएको छ । विभागले आर्थिक वर्षको सुरुवाती महिना साउनदेखि नै सबै प्रकारका सेवा अनलाइनमार्फत दिने तयारी गरेको हो ।
विभागका प्रवक्ता ज्ञानेन्द्र पराजुलीले नयाँ आर्थिक वर्षदेखि विभागले दिने उद्योगसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत दिने बताए । उनले भने, ‘नयाँ उद्योग दर्ता, क्षमता अभिवृद्धि, लगानी प्रस्ताव स्वीकृती र नवीकरण लगायतका सबै काम अनलाइनबाटै हुने छ ।’
यसका लागि विभागले एक करोड ६० लाख रुपैयाँमा ठेक्का लगाइसकेको छ । ‘उक्त कम्पनीले दैनिक १०÷१२ जना जनशक्ति यही काममा लगाएको छ,’ पराजुलीले भने, ‘अब लगानीकर्ताले विभागमा आएर यता र उता फाइल दौडाइराख्नु पर्दैन ।’
अनलाइन प्रणाली बनेपछि लगानीकर्ताले उद्योग दर्ता गर्न चाहिने सम्पूर्ण तथ्यांक र सूचना त्यहीँ अपलोड गर्छ । आवेदन स्वरूप आउने कागजात सम्बन्धित सबै शाखाले हेर्छ र अपुग कागजात उपलब्ध गराउन अनलाइनमार्फत नै सूचना दिइन्छ ।
अनलाइन प्रणाली सुरू भएपछि उद्योग दर्ता र उद्योगसम्बन्धी अन्य प्रकारका काममा सहज हुने विभागको अपेक्षा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण