शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चालू वर्षको ६ महिनामा उद्योग मन्त्रालयले के–के काम गर्‍यो ?

बिहीबार, २७ माघ २०७८, १७ : ४७
बिहीबार, २७ माघ २०७८

चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १५ वटा मूख्य काम गरेको छ । चालू आर्थिक वर्षका लागि बजेटमा व्यवस्था गरिएका र आफ्नो दैनिक कार्यभारतर्फका १५ वटा काम भएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटको अर्धवार्षिक समिक्षा गर्दै निम्न कामहरू भएको बताएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू वर्षमा निर्यातमा अनुदान प्रदान गर्ने कार्यविधि, २०७५ संशोधनको प्रस्ताव मन्त्रीपरिषद्मा पेस गरेको छ ।

यस्तै, ११ वटा औद्योगिक ग्राम घोषणाका लागि मन्त्रीपरिषद्मा प्रस्ताव पेस भएको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा उल्लेख छ । यस्तै, विदेशी लगानी आकर्षित गर्ने तथा बढाउने उद्देश्यले इन्भेष्टमेन्ट कम्पनी/उद्योग स्थापना गर्दा पालना गर्नुपर्ने विषय तथा सर्तहरू मन्त्रीपरिषद्बाट स्वीकृत भएको छ ।

यस्तै, बर्दघाट–सरदी १३२ केभी प्रसारण लाइन अन्तर्गत ६० वटा टावरको निर्माण सम्पन्न भएको छ भने ३६ वटा टावर जडान र ११ किलोमिटर तार तान्ने काम सम्पन्न गरेको छ । यस्तै, काली गण्डकी रिडी १३२ केभी प्रसारणलाइन आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भइसकेको बताइएको छ ।

यसका साथै, नेपालगञ्ज एकीकृत जाँच चौकीको १८ प्रतिशत निर्माण सम्पन्न भएको छ भने २६ ठूला र ३३ मझौला उद्योग एवं २७ घरेलु तथा साना उद्योग दर्ता भएको उद्योग मन्त्रालयले जानकारी दिएको छ । यसका साथै, यस अवधिमा उद्योग मन्त्रालयले १०७ वटा वैदेशिक लगानीका योजनाहरू स्वीकृत भइ १ अर्ब ८५ अर्ब ३४ करोड रुपैयाँ लगानी स्वीकृती भएको बताइएको छ ।

यस्तै, काभ्रे पलाञ्चोकमा ग्रेनाइट अन्वेषणको काम ४० हेक्टर क्षेत्रमा टोपोग्राफिकल सर्वेक्षणको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ । यस्तै, संखुवासभाको लोहाकोटमा ५० वर्ष किलोमिटर र बैतडी जिल्लाको मल्लादेवी स्थिती १० वर्ग किलोमिटर क्षेत्रमा समेत ६० वर्ष किलोमिटर फलामको भौगोलिक अन्वेषणको काम अगाडी बढेको छ ।

यस्तै, २४ दुर्गम जिल्लामा ८ हजार ६३० मेट्रिक टन खाद्यान्न ढुवानी गरिएको छ भने दसैं र तिहारजस्ता चाडपर्वमा देशका ४३ स्थानमा सहुलियत पसल सञ्चालन गरिएको छ भने दार्चुलाको व्यास गाउँपालिकामा ६०० क्विन्टल खाद्यान्न हेलिकप्टरमार्फत ढुवानी गरिएको मन्त्रालयले जनाएको छ ।

यसका साथै, भैरहवामा ३५० किलोलिटर क्षमताको पेट्रोलियम पदार्थ भण्डारण क्षमता वृद्धि गरिएको छ भने दुर्गम जिल्लाका ६१ स्थानमा ३३ हजार ५२० क्विन्टल नुन ढुवानी गरिएको उद्योग मन्त्रालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप