‘प्रचण्ड चीनबाट सञ्चालित’
तराई मधेस केन्द्रित दलका नेताले मधेसवादी दलहरू विदेशी शक्तिले बनाएका हुन् भन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिको निन्दा गरेका छन्। सँगसँगै उनीहरूले दाहाल नै चीनबाट सञ्चालित भएको आरोप पनि लगाएका छन्।
दाहालले बिहीबार एक सार्वजनिक कार्यक्रममा मधेस केन्द्रित दलहरू विदेशी शक्तिले बनाएको आरोप लगाएका थिए। दाहालले शान्तिसम्झौतापछि सिंगो मधेस माओवादीमय भएको र यसबाट आत्तिएका विदेशी शक्तिले मधेस केन्द्रित दलहरू बनाएको आरोप लगाएका थिए।
जनता समाजवादी पार्टीका नेता मनिष सुमनले दाहालबाट यस्तो अभिव्यक्ति आउनु अत्यन्त खेदजनक र दुभाग्र्यपूर्ण भएको बताउँदै भने, ‘दाहाल आफैं विदेशबाट सञ्चालित छन्। उनी चीनबाट सञ्चालित नेता हुन्।’ आफूहरू राष्ट्रियताप्रति हृदयदेखि नै प्रतिबद्ध भएको बताउँदै सुमनले थपे, ‘यो देशको मूल नेपाली भनेको हामी हौं।
हामी कतैबाट सञ्चालित छैनौं। आफ्नो माटोप्रति प्रतिबद्ध छौं।’ दाहालको बोलीको ठेगान नभएको आरोप पनि उनले लगाए। ‘उहाँले कुन बेला के भन्नुहुन्छ, पत्तै हुन्न। उहाँको बोलीको ठेगान हुँदैन। विदेशबाट सञ्चालित भएको व्यक्तिको बोली यस्तै हुन्छ’, उनले भने। यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन
-
बिहीबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
-
लोमान्थाङमा नयाँ पुल बनेपछि...
-
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
-
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण