१० महिनादेखि कार्यालय नटेकेका उपनिर्देशकलाई हटाउने चेतावनी
शनिबार, २९ माघ २०७८, ०७ : ३०
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक अतुल बजगाईंलाई सेवाबाट हटाउने चेतावनी दिएको छ । १ वैशाख ०७७ बाट कार्यालयमा अनुपस्थित रहेका बजगाईंलाई सात दिनभित्र सफाइ पेस गर्न अन्तिम पटक समय दिने निर्णय प्राधिकरण सञ्चालक समितिको बैठकले गरेको हो ।
सात दिनभित्र चित्त बुझ्दो जवाफ पेस नगरे बजगाईंलाई सेवाबाट हटाइने प्राधिकरणले शनिबार सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । बजगाईंलाई स्पष्टीकरण पेस गर्न गत वर्ष नै निर्देशन दिइएको थियो । तर, उनले जवाफ नै दिएनन्, बरु कार्यालय नै जान छाडे । त्यसपछि प्राधिकरणले १६ वैशाखमा सार्वजनिक सूचना जारी गरेर पुनः स्पष्टीकरण माग गरिएको थियो । उनले लामो समयसम्म जवाफ पेस नगरेपछि सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना आयोगको शक्ति अर्थ मन्त्रालयमा केन्द्रित हुँदा विकास सुस्त : डा. पुष्पराज कँडेल
-
बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने
-
कर्रा खोलाले ट्रक बगायो, चालकले पौडेर ज्यान जोगाए
-
युक्रेनका लागि ५० हजार आक्रमणकारी ड्रोन किन्दै जर्मनी
-
‘परराष्ट्र नीति, सम्बन्ध र सोचाइहरू पश्चिमा मुलुकबाट प्रभावित भएजस्तो छ’
-
२०५० सम्म विश्वमा क्यान्सरका नयाँ बिरामी ७० प्रतिशतले बढ्ने डब्लुएचओको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण