विपन्न वर्गमा गरेको कर्जा साढे ३ खर्ब नजिक
बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा गरेको कर्जा साढे ३ खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले विपन्न वर्ग कर्जाको गणना विधिलाई परिवर्तन गरेपछि बैंकहरूले तोकिएको न्यूनतम सीमाभन्दा बढी कर्जा देखिएका हो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को पुससम्ममा बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गमा ३ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा बैंकहरूले कुल ४६ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा विपन्न वर्गमा गरेको कर्जाको अंश ७ दशमलव ३६ प्रतिशत रहेको छ ।
अघिल्लो आवको यसै अवधिसम्ममा बैंकहरूले कुल कर्जाको ६ दशमलव ६४ प्रतिशत अर्थात २ खर्ब ४३ अर्ब २७ करोड रुपैयाँ कर्जा दिएका थिए । यसको तुलनामा चालू आवमा पुससम्ममा १७ दशमलव १ प्रतिशत वृद्धि भएको हो । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले आफ्नो कुल कर्जा (बिल्स खरीद तथा डिस्काउन्टसमेत) को न्यूनतम ५ प्रतिशत विपन्न वर्गमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था रहेको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण