चीनलाई के कुराको डर ? सी जिङपिङले सेनालाई दिए सबै हतियार परीक्षणको आदेश
चीनका राष्ट्रपति सी जिङपिङले पिपुल्स लिबरेशन आर्मीलाई आफ्नो सबै हतियार परीक्षण गर्न आदेश दिएका छन् । यसको लगत्तै चिनियाँ सेनाले पूरै देशमा ठूलो परिमाणमा वास्तविक युद्धको स्थितिमा आफ्नो सैन्य उपकरण प्रणालीको परीक्षण सुुरु समेत गरेका छन् । यत्तिको ठूलो परिमाणमा चीनको हतियारको परिक्षणमा ताइवान सतर्क भएको छ । युक्रेन संकटकाबीच चिनियाँ सेनाको हतियार परीक्षणमा कयाँै सवाल समेत उठिरहेको छ । सी जिङपिङले हालैमात्र सैन्य उपकरणको परीक्षण र आकलनको विषयलाई लिएर एक आदेशमा हस्ताक्षर गरेका छन् । यस आदेशमा युद्धको तयारीका लागि हतियारको परीक्षणमा जोड दिइएको छ ।
युद्धको क्षमता बढाउन चाहन्छ चीन
चीनको सरकारी मिडियाका अनुसार सम्बन्धित नियमावलीमा पीएलएले प्रयोग गर्ने सैन्य उपकरणका लागि युद्धको क्षमतालाई मजबुत बनाउन उच्च मानक राखिएको छ । चिनियाँ सेनाले हालैको दशकमा आफ्नो सैन्य शक्तिमा व्यापक विस्तार गरिरहेको छ । चिनियाँ जलसेना विश्वकै सबैभन्दा ठूलो हो । चीनसँग पाँचौ पुस्ताको जे–२० लडाकु विमान पनि छ ।
ग्लोबल टाइम्सले के भनेको छ ?
सरकारी समाचार पत्र ग्लोबल टाइम्सले चिनियाँ सेनाका विशेषज्ञ र टिभी कमेन्टेटर सोङ झोङपिंगलाई उद्र्धृत गर्दै भनेको छ,‘नयाँ नियम यस्तो समयमा आएको छ, जब चीन विश्वव्यापी सुरक्षा ढाँचामा व्यापक परिवर्तनको सामना गरिरहेको छ र सम्भावित सैन्य हमलाका लागि आफ्नो तयारी बढाइरहेको छ ।’ सोङले भने,‘वास्तविक युद्धको स्थितिमा हतियार र सैन्य उपकरणको इच्छित भूमिकालाई मध्येनजर गर्दै यसको परीक्षण युद्धभूमिको स्थिति अनुकुल गरियोस् ।’
चीनसँग विश्वकै तेस्रो सबैभन्दा ठूलो वायुसेना
चीनले विश्वकै तेस्रो सबैभन्दा ठूलो वायु सेना तयार पारिसकेको छ । उसको हवाई शक्तिमा पाँचौ पुस्ताको लडाकु विमानका बाहेक रणनीतिक बम्बर्स स्टिल्थ ड्रोन पनि समावेश छ । यती मात्र होइन दक्षिण चीन सागरमा अमेरिकाको बढ्दो उपस्थितिलाई मध्यनजर गर्दै चीनले लडाकु विमान वाहक एअरक्राफ्ट किलर मिसाइल पनि तयार पारिसकेको छ । नोभेम्बरमा जारी चीनको सेनाको विषयमा अमेरिकी रक्षा विभागको वार्षिक रिपोर्टमा पिपुल्स लिबरेशन आर्मी एअर फोर्स र पिपुल्स लिबरेशन आर्मीसँग अब क्षेत्रमा सबैभन्दा ठूलो र विश्वकै तेस्रो ठूलो हवाई शक्ति रहेको छ ।
चिनियाँ वायु सेना र जलसेनासँग २,८०० विमान
पेन्टागनको अनुमान अनुसार चीनसँग वायु सेना र जलसेनालाई मिलाएर लगभग २,८०० विमान छन् । जसमा ड्रोन र ट्रेनर विमान समावेश छैन । यसमा १८०० लडाकु विमान समावेश छन् । यसमा लगभग ८०० चौथो पुस्ताको जेट मानिन्छ । चौथो पुस्ताको लडाकु विमानमा स्टिल्थ क्षमता हुन्न । यसमा यो पनि भनिएको छ,‘चिनियाँ वायु सेनाले हालैको वर्षमा क्षेत्रीय हवाई प्रतिरक्षा छोडेर आक्रामक र रक्षात्मक भूमिकाका लागि आपूmलाई तयार गरेको छ । यो लामो दुरी सम्म मार हान्ने क्षमता बनाइ राख्नका लागि काम गरिरहेको छ ।’
चीनसँग विश्वकै ठूलो जल सेना
हाल चिनियाँ जलसेनामा जति युद्धपोत र पनडुब्बी समावेश छन्, त्यति अमेरिकासँग पनि छैन् । चिनियाँ जलसेनासँग यति ठूलो संख्यामा हतियार भए बावजुद उनीहरुको फायर पावर र युद्ध क्षमता विश्वका कयौ देशको तुलनामा अत्यन्त कम छ । चीनका राष्ट्रपति शी जिनपिङले कयौ पटक आफ्नो भाषणमा यो दावी गरेका छन्,‘ उनको सेनाको उद्देश्य कुनै देशमा हमला गर्नु रहेको छैन ।’ यस्तोमा सवाल उठ्छ कि आखिर किन चीन यत्तिको तीव्र रुपमा आफ्नो जलसेनाको शक्ति बढाइरहेको छ ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण