सडक दुर्घटनामा परी यूएईमा एक नेपाली नर्सको मृत्यु
मङ्गलबार, ०३ फागुन २०७८, १९ : २४

यूएई । यूनाईटेड अरब ईमिरेट्स (यूएई) को रसअलखेमाहमा एक नेपाली नर्सको सडक दुर्घटनामा परी मृत्यु भएको छ। विगत तीन वर्ष देखि यूएईको रसअलखेमाहमा कार्यरत पोखराकी जेनिसा गुरुङको मंगलबार बिहान सडक दुर्घटनामा परी मृत्यु भएको हो ।
आफ्नै साथीसँग दुबईबाट फर्कने क्रममा गुरुङ चढेको सवारी साधन अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अर्की एक नेपाली नर्स र पाकिस्तानी ड्राइभर घाइते भएका छन्। दुवै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भने गुरुङको शव स्थानीय साकार अस्पतालमा राखिएको छ।मृतक गुरुङकी श्रीमान् हाल वैदेशिक रोजगारीकै क्रममा कतारमा कार्यरत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा मानवीय सहायता पर्खिरहेका कम्तीमा ३४ प्यालेस्टिनी इजरायली सेनाबाट मारिए
-
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज
-
इजरायलसँगको तनावकाबिच इरानले भन्यो, ‘आक्रमण भइरहँदा वार्ता सम्भव छैन’
-
लिभरपुलद्वारा क्लब इतिहासकै महँगो मूल्यमा विर्ट्ज अनुबन्ध
-
वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट : अस्ट्रेलियाले लाबुसेनलाई हटायो, युवा खेलाडीलाई मौका
-
कोहली र रोहितको युगपछि शुभमन र यशस्वीको धमाकेदार सुरुवात