माओवादी संसदीय दलको बैठक लगत्तै प्रचण्ड बालुवाटारमा
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नका लागि बालुवाटार पुगेका छन् । सिंहदरबारमा बसेको माओवादीको संसदीय दलको बैठक सके लगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन् ।
माओवादीले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको छ । बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले संसदमा एमालेको जारी अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निष्कर्ष पनि निकालेको छ । बैठकका ३ वटा निर्णयबारे जानकारी दिँदै माओवादी नेता दीनानाथ शर्माले रातोपाटीसँग भने, ‘एक, संशोधन बिना एमसीसी पास हुन सक्दैन । राष्ट्रिय हित विपरीतका बुँदाहरु संशोधन हुनैपर्छ । दुई, राष्ट्रिय सहमति र गठबन्धनबीच सहमति हुनैपर्छ । र तीन, पहिले संसद खुल्नुपर्छ, संसद नखुली एमसीसी टेबल गर्न मिल्दैन ।’
प्रचण्डले बैठकको निर्णय प्रधानमन्त्री देउवालाई सुनाउने छन् । ‘प्रधानमन्त्रीले बोलाउनु भएको छ, म भेट्न जाँदैछु । बैठक रोक्न आग्रह गर्छु । वहाँले जबरजस्ती टेबल गर्ने प्रयास गरे आजै सरकारबाट अलग भएको घोषणा हुन्छ,’ सांसद रामेश्वर राय यादवले बैठकमा प्रचण्डको ब्रिफिङ उदृत गर्दै भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण