सलमान खान नेपाल आउने
बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । उनी अगामी बैशाख ३ गते रंगशालामा आयोजना हुने एक सांगीतिक कार्यक्रमका लागि नेपाल आउने भएका हुन् । लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेनमेन्टले सलमान खानलाई नेपाल ल्याएर कार्यक्रम गर्न लागेको हो । खानलाई नेपाल ल्याउने सम्पूर्ण तयारी पुरा भएको ओडीसी इन्टरटेनमेन्टका सीमान्त गुरुङले जानकारी दिए । उनले भने, ‘सलमान ल्याउने बिषयमा हामीले सम्पूर्ण तयारी गरिसकेका छौ । यस बिषयमा अन्य जानकारी केही समयपछि दिनेछौ ।’ नेपालको सुस्ताएको पर्यटन ब्यवसाय चलायमान गराउन बलिउड कलाकार नेपाल ल्याउन लागेको गुरुङको भनाई रहेको छ ।
सांगीतिक कार्यक्रमका लागि सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवालगायत ठूलै टोली नेपाल ल्याउने तयारी ओडीसीको रहेको छ । करिब एकदशक अगाडि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौं ल्याएर भव्य कार्यक्रम गरेको ओडीसीले ०७४ फागुनमा पनि सलमान खान काठमाडौं ल्याउने तयारी गरेको थियो । तर सो समय बिभिन्न कारणले सलमान खानको कार्यक्रम रद्द भएको थियो । बैशाख ३ को कार्यक्रम भने रद्द नहुने गुरुङले जानकारी दिए ।
सलमानलगायत कलाकार ल्याउने बिषयमा कलाकारलाई सम्झौता अनुसार रकम भुक्तानी गर्न ४ करोड पठाउने बिषयमा ओडीसीका गुरुङले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नेपाल राष्ट्र बैंकका लागि सिफारिस पत्र लिएको समेत जानकारी दिएका छन् ।
यस बिषयमा मन्त्रालयका सचिव महेश्वर न्यौपानले भने आफुलाई जानकारी नभएको बताए । केही अगाडि सलमान खान ल्याउने हल्ला मैले पनि सुनेको थिए । तर आधिकारिक जानकार भने छैन । त्यस्तै मन्त्रालयका प्रवत्ता टेकराज पाण्डेले आफु केही दिनदेखि बिदामा रहेकोले यस बिषयमा जानकारी नभएको बताए ।
त्यस्तै प्रर्यटन बोर्डका प्रवत्ता मणि लामिछानेले पनि यस बिषयमा जानकारी नभएको बताए । ‘नेपाल भ्रमण बर्ष २०२० मै सलमान खानलाई हामीले नेपाल ल्याउन चाहेको हो । तर बिबिध कारणले बातवरण मिलेन’ लामिछानेले भने ‘अहिलेको समय सलमानलाई नेपाल ल्याउन सेक अन्तराट्रिय जगतमा नेपाल सुरक्षित छ भन्ने सन्देश जानेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नीति तथा कार्यक्रम : कुन मन्त्रालयलाई कति प्राथमिकता ?
-
निजी क्षेत्रको प्रतिक्रिया : ‘नीति तथा कार्यक्रम सकारात्मक, कार्यान्वयनमा जोड दिनुपर्छ’
-
किट विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत्युबारे परराष्ट्र मन्त्रालयले के भन्यो ?
-
प्रधानमन्त्री र अजरबैजानका उपविदेशमन्त्रीबिच शिष्टाचार भेटवार्ता
-
७७ जना नयाँ इन्सपेक्टरको पदस्थापन, काे कहाँ ? (सूचीसहित)
-
नेकपा एमालेले बोलायो संसदीय दलको बैठक