भारतको कीर्तिमानी जित
नयाँ खेलाडीहरूले सुसज्जित भारतले वेस्ट इन्डिजलाई पहिलो टी–२० खेलमा वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको छ । योसँगै भारतले आफूले नै बनाएको कीर्तिमान बराबरी गरेको छ । टी–२० खेलमा भारतको यो लगातार सातौँ जित थियो । यसअघि भारतले नै लगातार सात खेल जितेर कीर्तिमान बनाएको थियो । भारतीय खेलाडीले छक्का हिर्काउँदै जित दिलाएका कारण पनि यो खेल भारतका लागि विशेष रह्यो भने यस खेलमा डेब्यू गरिरहेका खेलाडीले नै प्लेयर अफ म्याचको उपाधि हात पार्न सफल रहे ।
कोलकातामा खेलिएको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । एकदिवसीय शृङ्खलामा ३–० ले हारेको वेस्ट इन्डिजले विकेटकिपर निकोलास पूरनको अर्धशतकीय पारीको मद्दतले २० ओभरमा सात विकेटको क्षतिमा १५७ रन बनायो ।
त्यस्तै, ओपनर काइल मायर्सले ३१ तथा कप्तान किरोन पोलार्डले नटआउट रहँदे २४ रनको योगदान दिए । भारतले ६ जना बलर प्रयोग गरेको थियो । जसमा भारतका लागि पहिलो खेल खेलिरहेका रवि विश्नोईले किफायती बलिङ गर्दै चार ओभरमा १७ रन खर्चेर २ विकेट लिए । यस शानदार प्रदर्शनका लागि उनी प्लेयर अफ द म्याच चुनिए । हर्षल पटेलले २ तथा भुवनेश्वर कुमार, दीपक चाहर र युजवेन्द्र चहलले एक–एक विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रेको भारतका लागि कप्तान रोहित शर्मा र ईशान किशनले धमाकेदार सुरुवात दिलाए । पहिलो विकेटका लागि उनीहरूले ४५ बलमा ६४ रन जोडे । शर्मा १९ बलमा ४० रन बनाएर आउट भए । भारतका लागि किशनले ३५, विराट कोहलीले १७ रन बनाए । पछि वेंकटेस अय्यरले १३ रनमा २४ बनाए र अन्तिममा छक्का हिर्काउँदै टोलीलाई जित दिलाए । उता सूर्य कुमार यादवले पनि १८ बलमा ३४ रन बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण