जयनन्द लामाको शवमा मन्त्री आलेले ओढाए राष्ट्रिय झण्डा (फोटोफिचर)
वरिष्ठ गायक तथा कलाकार जयनन्द लामाको पार्थिव शरीरलाई नेपाली राष्ट्रिय झण्डा ओढाएर सम्मान दिइएको छ । बिहीबार राष्ट्रिय नाचघर जमलमा आयोजित अन्तिम श्रद्धाञ्जली कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले लामाको पार्थिव शरीरमा नेपाली राष्ट्रिय झण्डा ओढाएका हुन् ।
श्रद्धाञ्जली कार्यक्रममा मन्त्री आलेको अलवा सीएनएन हिरो अनुराधा कोइराला, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नृत्य निर्देशक राजु शाह, निर्देशक एनबी महर्जन, कलाकार कृष्ण मल्ल, निर्देशक मदन घिमिरे, नायक शितल केसी, सुवास गजुरेल, लोकगायक कृष्ण कँडेल लगायत उल्लेख्य कलाकर्मीको सहभागिता रहेको थियो ।

कलाकार लामाको बुधबार बिहान २ बजे आफ्नै घर अगाडिको कार पार्किङमा निधन भएका हो । ‘कलकत्ते काइँयो केश मेरो बांगो, टेबलमा ऐना छ...’, ‘चुइँ चुइँ चुइँकने जुत्ता...’, ‘केको साँचो डल्ली रेशम फलामको साँचो’ लगायत नेपालीजनको ओठमा झुन्डिन सफल थुप्रै गीतका सर्जक लामा ६६ वर्षका थिए ।
सिन्धुपाल्चोकको बाहबीसे–२ घर भएका लामा पछिल्लो समय भक्तपुर कौशलटारमा बस्दै आएका थिए । करिब ५ दशकदेखि गायनमा क्रियाशील रहेका लामा गायक, संगीतकार, गीत संकलक, निर्माता, निर्देशक, लेखक, कलाकार र नृत्यकार लगायत बहुप्रतिभाशाली थिए । ‘पानी पर्यो बलेसी’, ‘नक्कलीलाई पातलीलाई कसरी बिहे गरूँ’, ‘केको साँचो डल्ली रेशम फलामको साँचो’ जस्ता लामाका गीत कसले भुल्न सक्छ र ? ।
‘मनको बाँध’ फिल्मबाट अभिनययात्रा सुरु गरेका उनले नाटक, फिल्म र टेलिफिल्म लगायतमा अभिनय गरेका छन् । पछिल्लो समय उनी ‘हल्का रमाइलो’ सिरियलमा अभिनयरत थिए । नेपाली कला क्षेत्रका दिग्गजदेखि अहिलेको पुस्तासँग समेत काम गर्न सफल लामा आँखामा हाल्दा पनि नबिझाउने मानिस भएको कलाकर्मी बताउँछन् ।

लामो विहीबारनै स्वम्भुमा बौद्ध परम्परा अन्तर्गत अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ । उनको अन्त्येष्टिमा राष्ट्रिय सम्मानका साथ गरिने कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटी सारिँदै
-
भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो
-
डीडीसीमा व्यापक अनियमितता भएको पूर्वअध्यक्ष डा.क्षेत्रीको दाबी, कृषि मन्त्रालय मुख्य जिम्मेवार
-
स्रोत संकलन र खर्चमा असन्तुलन कायमै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण