विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह
बिहीबार, १२ फागुन २०७८, १२ : ४६
राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न र विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम भट्टराईद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा विरोध प्रदर्शन गर्दा बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित हुन सरकार एवमं सम्बद्ध निकायलाई आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “आफ्नो विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन, सर्वसाधारण व्यक्तिका सम्पत्ति र भौतिक संरचनाहरुमा क्षति नपु¥याउन, विरोध प्रदर्शन गर्दा संयमित हुन तथा आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको उपभोगमा अवरोध नपु¥याउन आयोग विरोध प्रदर्शनमा उत्रिएका राजनीतिक दल, राजनीतिक दलका भातृ सङ्गठन तथा सर्वसाधारणलाई आग्रह गर्दछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखापत्रको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त
-
कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत
-
शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत
-
इरानको चेतावनी : होर्मुज जलडमरूमध्यमा आफूले तोकेकै मार्ग प्रयोग गर्न आग्रह
-
विशिष्ट संरचना सञ्चालन तथा विकास समितिको कार्यकारी निर्देशकमा खड्का नियुक्त
-
गुगलले ईयूमा हार्यो ४ अर्ब १० करोड यूरो जरिवानाविरुद्धको मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण