सहिद स्मारक ए डिभिजन फुटबल : सातदोबाटो युथ क्लब विजयी
सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सातदोबाटोले च्यासल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । सातदोबाटोको जितमा मार्टिन्स अजयी नायक बने । उनले खेलको सातौँ मिनेटमा गरेको एक गोल नै सातदोबाटोका लागि निर्णायक गोल सावित भयो ।
यस जितसँगै १३ खेलमा सातदोबाटोले २१ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ । पराजित च्यासल १३ खेलमा छ अङ्क जोडेर अङ्क तालिकाको अन्तिम स्थानमा छ । च्यासल यसअघि नै रेलिगेसनमा परिसकेको छ ।
त्यसैगरी त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ । शेर्पा र फ्रेन्ड्सले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडे । फ्रेन्ड्सले आत्मघाती गोलबाट अग्रता लिए पनि शेर्पाले अन्तिम समयमा गोल गर्दै टोलीलाई हारबाट जोगायो । खेलको ७३औँ मिनेटमा दिवस उराउको आत्मघाती गोलबाट फ्रेन्ड्सले अग्रता लिएको थियो ।
खेलको ८९औँ मिनेटमा हिमालयन शेर्पाका विसन गुरुङले गोल गर्दै खेललाई १–१ गोलको बराबरी ल्याए । यो बराबरीसँगै हिमालयन शेर्पाले १४ अङ्क जोड्यो भने फ्रेन्ड्सको ११ अङ्क भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण