एशियन युथ तथा जुनियर बक्सिङमा तीन खेलाडीले प्रतिस्पर्धा गर्ने
आइतबार, १५ फागुन २०७८, १७ : ०२
जोर्डनको अम्मानमा आयोजना हुने एशियन युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले भाग लिने भएका छन् ।
यही फागुन १६ देखि चैत १ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा नेपालका इन्द्र सुनार, छिरिङ वाङ्दी शेर्पा र स्वस्तिका तिरुवाले प्रतिस्पर्धा गर्ने भएका हुन । इन्द्रले पुरुष ६० केजी, छिरिङले पुरुष ५४ केजी तथा स्वस्तिकाले महिला ५२ केजीमा प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा दीपक महर्जन रहेका छन् ।
उक्त प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङग गहतराज, मन्त्रालयका सचिव डा दामोदर रेग्मी, बक्सिङ संघका अध्यक्ष राम अवाले लगायतले बिदाइ गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण