शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंक र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागबीच सम्झौता

सोमबार, १६ फागुन २०७८, १२ : ४१
सोमबार, १६ फागुन २०७८

राष्ट्रिय वाणिज्य बैंक र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागबीच सम्झौता भएको छ । एमए (स्नातकोत्तर) र एमफिल (दर्शनाचार्य) अध्यययन  गरिरहेका विद्यार्थीहरूलाई अनुसन्धानात्मक शोधग्रन्थ लेखन कार्यमा सहयोग गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारीले हस्ताक्षर गरेका हुन् ।

बैंक सञ्चालक समिति अध्यक्ष डा. बलराम पाठकले अनुसन्धानबाट आउने प्रतिवेदनले बैंक र देशकै आर्थिक क्षेत्रलाई अगाडि बढाउन मद्धत पुग्ने बताएका छन् । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले गर्ने लगानीका क्षेत्रहरूमा हुने जोखिम तथा सम्भावनाहरूको बारेमा यथार्थपरक ढङ्गबाट अनुसन्धान भई आगामी दिनमा बैंकलाई रणनीतिक ढङ्गबाट अगाडि बढ्न दिशानिर्देश गर्ने बताए । साथै, उनले अर्थशास्त्र  विभागसँगको सहकार्यमा यथार्थपरक रुपमा लेख्न प्रेरित गर्न आर्थिक हिसाबले आवश्यक तथा जेहेन्दार विद्यार्थीहरूलाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सुविधा प्रदान गर्ने बताए । 

अर्थशास्त्र विभागका प्रमुख अधिकारीले विभागले विभिन्न वित्तीय क्षेत्रसँग यस्तो सम्झौता गरिरेहकाले प्राप्त हुने अनुसन्धानात्मक प्रतिवेदनले देशको अर्थतन्त्रमा योगदान पुग्ने बताए । उनले अर्थशास्त्र विभागले माग गरी प्राप्त प्रस्ताव मध्ये उत्कृष्ठ पाँच प्रस्तावलाई छनौट गरी बैंकसँगको सहकार्यमा अनुसन्धान क्षेत्र तोकी शोधग्रन्थ तयार गर्ने विद्यार्थीहरूलाई सहयोग रकम उपलब्ध गराइने बताए ।

बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले पाँच जना विद्यार्थीहरूलाई ४० हजार रुपैँयादेखि बढीमा एकलाख रुपैँयासम्म रकम उपलब्ध गराउने बताए । बैंकले देशभर २५८ शाखा कार्यालय, २४५ एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर र ९८ शाखारहित बैंकिंग सेवासहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप