कर्णालीमा मुख्यमन्त्री रोजगार कार्यक्रम : ५० हजार नागरिकले रोजगारी पाउने
कर्णाली प्रदेश सरकारले सञ्चालनमा ल्याएको मुख्यमन्त्री रोजगार कार्यक्रम खासै प्रभावकारी बन्न सकिरहेकोे छैन । पहिलो र दोेस्रो बर्ष यो कार्यक्रम प्रभावकारी बन्न नसकेको भन्दै चर्को आलोचना समेत भयो । कार्यक्रमको उद्देश्य बेरोजगार युवाहरुलाई रोजगारी दिने उद्देश्य राखिए पनि नेताका आफन्त र कार्यकर्ता पाल्न बजेट दुरुपयोग गरिएको सरोकारवालाहरुले बताउने गरेका छन् ।
चालु आर्थिक बर्षमा पनि यो कार्यक्रमका लागि सरकारले १ अर्ब ५० करोड बजेट विनियोजन गरेको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिए । प्रदेशका ७९ वटा स्थानीय तहका ७१५ वटा वडामा यो कार्यक्रम अहिले लागु भइरहेको छ ,’उनले भने,‘यसमा एक हजार ५५ वटा योजनाहरु समावेश गरिएका छन् ।’
समावेश गरिएका सम्पूर्ण योजनाहरु अहिले कार्यान्वयनको चरणमा रहेको पनि सरकारले जानकारी गराएको छ । तर कार्याविधिमा उल्लेख भए बमोजिम भने काम भएको देखिदैन । योजनाका नाममा स्थानीयतहहरुले खनेको सडकका नाला सफा गर्नेदेखि सरसफाई कार्यक्रमहरु समेत भइरहेका छन् । केही स्थानीयतहले बजेट कार्यान्वयन गर्न सकिरहेका छैनन् । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले गत बर्ष र चालु आर्थिक बर्षको बजेट कार्यान्वयन गर्न सकिरहेको छैन । गाउँपालिकाले तोकेको रोजगार संयोजकले ६ महिनादेखि कामै नगरेर तलव खाइरहेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
रोजगार संयोजकले कार्यालयमा एक दिन आएर महिनाभरको हाजिर लगाउने गरेको पाइएको छ । प्रदेश सरकारले भने कार्यक्रम कार्यान्वयनका लागि १ अर्ब ५० करोड बजेट सम्वन्धीत स्थानीय तहमा पठाइसकिएको बताएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले कार्यक्रम कार्यान्वयनबाट प्रदेशभरका ५० हजार बढी नागरिकहरुले अल्पकालिन रोजगारी पाउने दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण