महाशिवरात्रि : जनकपुरधामका शिवालयहरुमा चहलपहल (फोटोफिचर)
महाशिवरात्रिको अवसरमा मधेस प्रदेशको राजधानी जनकपुरधामका शिवालयहरुमा कतै श्रद्धालु भक्तजनको भिड लागेको छ भने कतै सुनसान देखिन्छ । जनकपुरधामको शिव चोकमा रहेको शिव मन्दिर, वडा नम्बर १६ स्थित कपिलेश्वरनाथ महादेव मन्दिर, वडा नम्बर १२ स्थित कुपेश्वरनाथ महादेव मन्दिरमा भक्तजनको भिड लागेको छ । तर जनकपुरधामको गिरनारी कुटीमा रहेको पौराणिक शिव मन्दिर भने सुनसान छ ।
प्राचीन टिकमगढको गिरनारका वैद्य राम गिरीले सो मन्दिर स्थापना गरेकाले सो कुटीको नाम गिरनारी कुटी राखिएको स्थानीयवासीको भनाइ छ । उनी टिकमगढका राजाको कुल पुरोहित पनि थिए ।
राम मन्दिर तथा जानकी मन्दिरभन्दा पनि पुरानो रहेको सो मन्दिरमा २ वटा शिवलिङ्ग छ । एउटा शिवलिङ्ग कालो र अर्को सेतो रङको छ । सन् १७३४ मा गिरनारीका वैद्य राम गिरी भगवान रामको ससुराली खोज्दै जनकपुरधाम पुगेको धर्मात्मा प्रदीप शर्माले सुनाए । राजर्षि जनक भगवान शिवको परम भक्त रहेकाले उनले जनकपुरधाममा शिवलिङ्ग स्थापना गरे ।
जनकपुरधामको सो कुटीमा श्रद्धालु भक्तजनहरुको भिड लाग्ने गर्थ्यो । तर ०२९ सालमा त्यहाँका महन्तको हत्या भएपछि १२ वर्षसम्म सो मन्दिरमा पूजा हुन सकेन । सो वर्ष तत्कालीन महन्थ रवि गिरी र उनका शिष्य वीर गिरीको हत्या भयो । त्यसपछि सो मन्दिर बन्द थियो ।
लामो समयपछि स्थानीयहरुको सक्रियतामा उक्त मन्दिर फेरि खोलियो । तर सो मन्दिर खोलिए पनि भक्तजनहरू कमैमात्र जाने गर्दछन् ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण