हेटौंडामा दुई दिने मानव अधिकार रक्षकहरुको प्रादेशिक सम्मेलन सुरु
बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबारबाट दुई दिने मानव अधिकार रक्षकहरुको प्रादेशिक सम्मेलन सुरु भएको छ । सम्मेलन मानव अधिकार आयोग नेपालको आयोजनामा मानव अधिकार रक्षकहरुको प्रादेशिक सम्मेलन सुरु भएको हो ।
कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सुरु भएको सम्मेलनमा इन्सेक बागमती प्रदेशका संयोजक कृष्ण गौतमले प्रदेशमा मानव अधिकार रक्षकको अवस्था र चुनौती, समग्र मानव अधिकार रक्षकहरुको सुरक्षा, अधिकार तथा पहिचान, अवस्था समस्या, चुनौती र समाधानका उपायहरु बारे प्रस्तुतिकरण दिएका थिए ।
उनको प्रस्तुतिककरणमा मानव अधिकार रक्षकको सुरक्षा र चुनौती, राज्यका निकायको व्यवहार, सूचनाको पहँुच, धम्की आक्रमणलगायतका विषयमा समेटिएको थियो ।
यस्तै सम्मेलनमा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षण सम्वन्धमा राष्ट्रिय मानव अधिकार आयोगको भूमिका, प्रयासहरु, जवाफदेहीता र जिम्मेवारी लगायतका बारेमा जानकारी गराएका थिए । यसैगरी, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लीलि थापालेले महिला मानव अधिकार रक्षक, अल्पसंख्यक तथा सीमान्तीकृत सवालहरूमा क्रियाशिल मानव अधिकार रक्षकहरुको सुरक्षा, संरक्षण र पहिचानका विषयमा प्रस्तुतीकरण दिएकी थिइन् ।
उनको प्रस्तुतीकरणमा मानव अधिकार रक्षकको अधिकार उपभोगको अवस्था, समस्या, चुनौती र सुरक्षाका विशेष मापदण्ड लगायतको विषय समेटिएको थियो । शनिबारसम्म चल्ने सम्मेलनमा प्रदेशका १३ वटै जिल्लामा रहेको विभिन्न संघसंस्थाका प्रतिनिधिहरु गरी एक सय जनाको सहभागी रहेको राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन
-
बाँकेमा दुई व्यवसायीलाई जरिवाना र सजाय
-
यमनमा फेरि युद्धको जोखिम बढ्दै, हुथी विद्रोहीका लागि किन फरक हुन सक्छ यो पटकको संघर्ष ?
-
प्रस्तावित निर्वाचन आयुक्त सुब्बालाई सभापति श्रेष्ठको प्रश्न, ‘तपाईंको बिदाइको भाषण कस्तो होला?’
-
नेपाल केरामा आत्मनिर्भर उन्मुख
-
सुनसरीमा प्रदर्शन नरोकिएपछि महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा कर्फ्यू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण