एकै दिन २ हजारले बढ्यो सुनको भाउ, डेढ वर्ष यताकै उच्च
नेपाली बजारमा करिब डेढ वर्षपछि सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ भन्दामाथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका गत वर्ष २०७७ सालको भदौ यता पहिलोपटक सुनको मूल्य १ लाख रुपैयाँभन्दा बढी भएको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १ हजार ९०० रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख १ हजार ४०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ थियो ।
जुन, आज आइतबार तोलामा २००० रुपैयाँले बढ्दै करिब डेढ वर्षयता पहिलोपटक एक लाख रुपैयाँभन्दा माथि पुगेको हो । यसअघि, गत वर्ष २०७७ साल भदौ ३ गते सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ पुगेको थियो । त्यसयता निरन्तर घट्दै उक्त मूल्यमा पुगेको थिएन ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ छ । आज कायम भएको चाँदीको मूल्य अहिलेसम्मकै कीर्तिमानी हो । यसअघि, गत वर्ष सुनको मूल्यले उच्च कीर्तिमान कायम गर्दा पनि चाँदीले यो मूल्य भेट्टाएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण