बागमती प्रदेशमा प्रदेशस्तरीय खेलकुद हुने
खेलकुदको प्रवद्र्धन तथा खेलाडीमा खेल प्रतिभाको खोजी गर्ने उद्देश्यले वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता यही फागुन २८ देखि चैत १२ गतेसम्म सञ्चालन हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाको वडा नं ५ स्थित क्याम्पाचौरमा खेलकुद प्रतियोगिताको मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ । परिषद्ले आज दिइएको जानकारीअनुसार प्रतियोगिताका खेल मकवानपुरसहित पाँच जिल्लामा हुने बताइएको छ ।
मकवानपुरमा पुरुष फुटबल, ब्याडमिन्टन र तेक्वान्दो प्रतियोगिता हुने बताइएको छ । फुटबल र ब्याडमिन्टन प्रतियोगिता फागुन २९ गते र तेक्वान्दो प्रतियोगिता चैत ६ गते हुनेछ । चितवनमा फागुन ३० गतेदेखि भलिबल र क्रिकेट प्रतियोगिता हुनेछ । सिन्धुपाल्चोकमा चैत ७ गतेदेखि कराते प्रतियोगिता हुनेछ ।
त्यसैगरी काठमाडौँमा चैत ६ गतेदेखि एथलेटिक्स खेल प्रतियोगिता हुने परिषद्ले जनाएको छ । साथै काभ्रेपलाञ्चोकमा चैत ७ गतेदेखि महिला फुटबल र चैत ९ गतेदेखि बक्सिङ प्रतियोगिता सुरु हुने परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बताए । अहिले प्रदेशका सबै जिल्लामा जिल्लास्तरीय छनोट प्रतियोगिता भइरहेका उनको भनाइ छ । प्रतियोगितामा एक हजार २०० भन्दाबढी पुरुष र ९०० भन्दाबढी महिला खेलाडीको सहभागिता रहने अनुमान परिषद्को रहेको छ ।
प्रतियोगिता आयोजनाका लागि आठ करोड ४० लाख खर्च हुने अनुमान रहेको सदस्य सचिव भण्डारीले जानकारी दिए । प्रतियोगिता आयोजनाका लागि पाँच उपसमिति र आठ प्राविधिक समिति गठन गरिएको छ । प्रतियोगिता उद्घाटन समारोहलाई भव्य बनाउन नेपाली सेनाको ब्यान्डसहित विद्यार्थीको ड्रिल प्रदर्शनी मार्शल आर्टको डेमो र विभिन्न झाँकी तथा सांस्कृतिक कार्यक्रमका आयोजना हुने बताइएको छ । खेलकुदको तयारी तीव्ररूपमा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण