हामी रुससँग युद्ध टार्न चाहन्छौँ : बेलायती सेना प्रमुख
बेलायतका चीफ अफ डिफेन्स स्टाफ एडमिरल सर टोनी राडेकिनले रुसको धम्कीप्रति बेलायत र उसका सहयोगीहरु धेरै सतर्कू रहेको बताएका छन्। "हामीले शान्ति र जवाफदेहिता कायम राख्नुपर्छ । त्यसैले हामी राष्ट्रपति पुटिनको नयाँ र कहिलेकाहीँ स्पष्ट रुपमा विचित्र र हास्यास्पद टिप्पणीहरूमा हतारमा प्रतिक्रिया गर्दैनौं, ” उनले बीबीसीलाई भने।
उनले बेलायत विश्वको सबैभन्दा ठूलो सैन्य गठबन्धन नाटोको हिस्सा भएको र आणविक आक्रमणबाट बच्ने उपाय रहेको कुरामा जोड दिए । उनले भने, "हामी तयार छौँ । हामी राष्ट्रपति पुटिनको सामना गर्ने हाम्रो क्षमतामा पनि पूर्ण विश्वस्त छौं। ”
बीबीसीसँग कुरा गर्दै एडमिरल टोनी राडेकिनले युक्रेनका जनताले सामना गरिरहेको डरलाग्दो अवस्थालाई ध्यानमा राख्दै नेटो र रुसबीचको युद्ध आफूहरुले चाहेको अन्तिम कुरा हुने बताए । उनले रुसका सेना प्रमुखसँग वार्ताको प्रयास पनि गरिरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण