हामी रुससँग युद्ध टार्न चाहन्छौँ : बेलायती सेना प्रमुख

बेलायतका चीफ अफ डिफेन्स स्टाफ एडमिरल सर टोनी राडेकिनले रुसको धम्कीप्रति बेलायत र उसका सहयोगीहरु धेरै सतर्कू रहेको बताएका छन्। "हामीले शान्ति र जवाफदेहिता कायम राख्नुपर्छ । त्यसैले हामी राष्ट्रपति पुटिनको नयाँ र कहिलेकाहीँ स्पष्ट रुपमा विचित्र र हास्यास्पद टिप्पणीहरूमा हतारमा प्रतिक्रिया गर्दैनौं, ” उनले बीबीसीलाई भने।
उनले बेलायत विश्वको सबैभन्दा ठूलो सैन्य गठबन्धन नाटोको हिस्सा भएको र आणविक आक्रमणबाट बच्ने उपाय रहेको कुरामा जोड दिए । उनले भने, "हामी तयार छौँ । हामी राष्ट्रपति पुटिनको सामना गर्ने हाम्रो क्षमतामा पनि पूर्ण विश्वस्त छौं। ”
बीबीसीसँग कुरा गर्दै एडमिरल टोनी राडेकिनले युक्रेनका जनताले सामना गरिरहेको डरलाग्दो अवस्थालाई ध्यानमा राख्दै नेटो र रुसबीचको युद्ध आफूहरुले चाहेको अन्तिम कुरा हुने बताए । उनले रुसका सेना प्रमुखसँग वार्ताको प्रयास पनि गरिरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने
-
अवैध घुसपैठ रोक्न भारतसँगको सबै सीमा नाकामा उच्च निगरानी