सुर्खेत घटना : प्रहरी सहायक निरीक्षकविरुद्ध जाहेरी दर्ता
व्यवसायी कृष्ण हमाल (मिनी)को सुर्खेतमा शङ्कास्पद मृत्यु भएपछि मृतकका परिवारले प्रहरी सहायक निरीक्षक शेरसिंह धामीविरुद्ध किटानी जाहेरी दर्ता गरेका छन् । मृतकका बुवा कालीकोट तिलागुफा नगरपालिका–३ का ५४ वर्षीय हिराचन्द्र हमालले आज प्रसनि धामीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गरेका हुन् ।
प्रहरी चौकी सुब्बाकुनाका इञ्चार्ज रहेका सिंहले हमाल सवार ट्रकलाई नियन्त्रणमा लिई मरणासन्न हुने गरी कुटपिट गरेको परिवारको आरोप छ । प्रहरीले सवारी इजाजतपत्र नभएको भन्दै भे १ क ९२२ को मिनी ट्रकका सहचालक तिलक शाही र व्यवसायी हमाललाई निर्घात कुटपिट गरेको जाहेरीमा उल्लेख छ ।
जाहेरीमा भनिएको छ, “शरीरका विभिन्न संवेदनशील भागमा चोटपटक लागेका कारणबाट मृत्यु भएकाले निज अन्यायीलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ को दफा ७७ बमोजिम ज्यानसम्बन्धी कसुर अपराध गरेकाले तत्काल पक्राउ गरी कानुनबमोजिम हदैसम्मको सजाय गरी पाउनुको साथै क्षतिपूर्तिसमेत दिलाइ पाऊँ ।” व्यवसायी हमालको मृत्युको विषयलाई लिएर शनिबार वीरेन्द्रनगरमा तनाव सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन म्याद दिएको जानकारी दिए । निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रशासन र मृतकका आफन्तबीचको सहमतिपछि पीडित पक्षले आन्दोलन स्थगित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण