ट्रकले ठक्कर दिँदा किशोरीको मृत्यु
सोमबार, २३ फागुन २०७८, १८ : १९
विद्यालयबाट घर फर्किदै गर्दा ट्रकको ठक्करबाट धनगढीमा एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार अपरान्ह धनगढी–अत्तरिया ६ लेन सडकमा बा२ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा धनगढी–१३ की १६ बर्षीया किशोरी सरस्वती कुँवरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीका अनुसार साइकलमा सवार किशोरीलाई विद्यालयबाट घर फर्कने क्रममा जेब्रा क्रसिङ प्वाइन्टमै ट्रकले ठक्कर दिएर गम्भिर घाइते बनाएको थियो । गम्भिर घाइते किशोरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता जोशीले बताए । घटनापछि ट्रक र गोदावरी नगरपालिका–४ चालक गणेश लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ । न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण