बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीमा ३४४ मा २५ प्रतिशत नबढ्ने गरी बैकल्पिक केन्द्रीय सदस्य थप

सोमबार, २३ फागुन २०७८, १८ : ३१
सोमबार, २३ फागुन २०७८

नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको २५ प्रतिशत संख्या नबढ्ने गरी बैकल्पिक केन्द्रीय सदस्य थप्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता वर्षमान पुनले बैठकपछि जानकारी दिए । उनले बैकल्पिक केन्द्रीय सदस्यलाई भोटिङ राइट भने नहुने बताए । ‘उनीहरुको भोटिङ राइट हुदैन तर पदीय हिसाबमा केन्द्रीय सदस्य हुन्छन्’, नेता पुनको भनाइ छ । 

त्यस्तै नेताहरुको कार्यविभाजन पनि यही बैठकले गर्ने पुनको भनाइ छ । तर पदाधिकारी, स्थायी र पोलिटब्युरो आगामी जेठ २० गते बस्ने बैठकले टुङ्गो लगाउने पुनले जानकारी दिए ।  एमसीसीबारे अनुमोदन गरेअनुसार नै जनतामा जाने तर जेठ २० मा बस्ने बैठकमा फरक मतमाथि छलफल गर्ने माओवादीले जनाएको छ । माओवादीले आगामी स्थानीय तह निर्वाचनमा कतिपय स्थानमा तालमेलका आधारमा उम्मेदवार उठाउने निर्णय पनि माओवादीले गरेको छ ।  

‘हामीले सवै ठाउमा आफ्नो तरिकाले तयारी गरिरहेका छौ । मिल्न सक्ने ठाउमा कार्यदलको सुझावका आधारमा उमेद्वारहरु छनोट हुन्छन् नत्र आफ्नै ढंगले लड्ने भन्ने निर्णय भएको छ’, नेता पुनले बैठकले गरेका निर्णयबारे जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप