शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

रेखाले भनिन्–नाबालिगको पक्षमा बोल्दा मलाई ‘हार्दिक श्रद्धाञ्जली’ समेत लेखियो

मङ्गलबार, २४ फागुन २०७८, १५ : ५८
मङ्गलबार, २४ फागुन २०७८

अभिनेत्री रेखा थापाले राजनीतिक हिसावले उपस्थित र शृङ्गारिक हिसावले प्रतिनिधित्व गर्दैमा महिलामा परिवर्तन नआउने बताएकी छन् । महिलाहरूमा परिवर्तन आउन चेतनाको स्तर वृद्धि हुनुपर्ने उनको धारणा छ । महिला दिवसको सन्दर्भमा मंगलबार आयोजित सडक बहस कार्यक्रममा बोल्दै थापाले नबालिग गायिकाको पक्षमा बोल्दा समाजबाट पीडा भोग्नु परेको गुनासो समेत पोखिन् । ‘नाबालिग गायिका संरक्षण गर्ने दाइत्व हाम्रो समाजको हो र उसलाई संरक्षण गर्नुपर्छ भन्दा मलाई ‘हार्दिक श्रद्धाञ्जली’ समेत लेखियो’, उनले अगाडि थपिन् ‘त्यसले हामी अझै सतिप्रथामा छौं कि क्याहो जस्तो महसुस भयो ।’

उनले हिंसामा परेर बाहिर निस्केको मानिसलाई तै खराब भन्ने प्रवृत्ति रहेको बताउँदै प्रश्न गरिन्, ‘जसलाई हिंसा परेर बाहिर निस्केको हुन्छ, त्यै खराब भन्न होला त ? ।

थापाले पल शाह प्रकरणमा ब्यक्ति व्यक्तिले आफूखुसी दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै ‘चोकचोकमा र गल्लीगल्लीमा न्यायाधीश र वकिलहरू जन्मिरहेको’ बताइन् । ‘अब अदालतको काम के त ? हिम्मत छ भने अदालत बन्द गराइदिनुस्, ’ उनले चुनौती कटाक्ष गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप