यी हुन् सानो ‘प्रकाश’, जसले प्रचण्ड परिवारको यसरी मन बुझाएका छन् (फोटोफिचर)
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको आइतबार बिहान अचानक निधन भएपछि यतिबेला उनको परिवार ठूलो शोकमा डुबेको छ । एक मात्र छोरालाई अल्पायुमै गुमाउनुपर्दा उनको परिवारमा ठूलो बज्रपात प¥यो ।
३ बर्षअघि जेठी छोरी गुमाउनुपर्दाको पीडाका बीच फेरी छोरा गुमाँउदा उनीहरुले मन थाम्न सकेका छै्नन् ।
तर, यतिबेला उनीहरुलाई मन बुझाउने बाटो बनेका छन् प्रकाशका दुई छोरा प्रसिद्ध दाहाल र प्रणव दाहाल । साँढे २ बर्षका प्रणव विना मगरतर्फका छोरा हुन् भने प्रसिद्ध अर्की श्रीमती सिर्जना त्रिपाठीका छोरा ।
मंगलबार काठमाडौैंको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको बिशिष्ट कक्षमा भेटिएका प्रचण्ड परिवार शोकाकुल अवस्थामा थिए भने साँढे २ बर्षका अवोध वालक प्रणव आफ्नै शुरुमा खेलिरहेका थिए । प्रणवको साथमा थिइन् उनकै उमेरकी प्रचण्डकी कान्छी छोरीबाट जन्मिएकी नातिनी । सबैको ध्यान दुई बालबालिकाको बालसुलभ क्रियाकलापमा केन्द्रीत थियो ।
बिहान ११ बजे यति एयरलाइन्सको जहाज चार्टट गरेर प्रचण्ड परिवार चितवन जाँदै थिए । उनीहरुको साथमा थिए एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी नेताहरु मातृका यादव, रामबहादुर थापा बादल र आफन्त ।
विमानस्थलमा सिर्जनाका आमा छोरा चाहिँ देखिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
अमेरिका–इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्य घट्यो, एसियाली सेयर बजार स्थिर
-
विश्वकपमा मेस्सी, एम्बाप्पे र हालान्डको जादु, तर रोनाल्डो किन चुके ?
-
विपन्न बस्तीमा सुरक्षित पक्की घर बन्न थाले
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण