उत्तर कोरियाले आणविक परीक्षण साइट मर्मत गरेको अमेरिकी स्याटेलाइटमा देखियो
उत्तर कोरियाले बन्द आणविक परीक्षण साइट मर्मत गर्न थालेको अमेरिकी स्याटेलाइट कम्पनी म्याक्सर टेक्नोलोजिले सार्वजनिक गरेका तस्बिरहरूमा देखिन्छ । उत्तर कोरियाली नेता किम जोङ उनले सम्पूर्ण आणविक परीक्षण बन्द गर्ने बताएपछि सन् २०१८ मा पुन्गी—री क्षेत्र बन्द भएको थियो भने त्यसका केही भाग नस्ट गरिएको थियो ।
उत्तर कोरियाले आणविक हतियार र लामो दूरीको मिसाइलहरूको परीक्षण पुनः सुरु गर्न सक्ने अमेरिकी विश्लेषकहरूले भविष्यवाणी गरिरहेका बेला नयाँ स्याटलाइट तस्विर सार्वजनिक भएका हुन । तर, विश्लेषकहरूले पुन्गे–री परीक्षणको लागि तयार हुन वर्षौं लाग्न सक्ने बताउँछन् ।
पछिल्ला केही दिनमा नयाँ भवनको निर्माण, विद्यमान भवनको पुनर्निमाण र काठ तथा आरोको धुलो जस्ता निर्माणका केही प्रारम्भिक संकेत स्याटलाईट तस्विरमा देखिएको जेम्स मार्टिन सेन्टर फर ननप्रोलिफरेसन स्टडिज (सीएनएस) ले जनाएको छ । उत्तर कोरियाले परीक्षण साइटको अवस्थाबारे केही निर्णय गरेको त्यहाँ भएका कार्यहरुले संकेत गरेको विश्लेषकहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण