धादिङमा ९ केजी गाँजासहित दुई जना पक्राउ
धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलाबाट करिब ९ किलोग्राम गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३ बस्ने ३८ वर्षीय अनिल शाक्य र पोखरा महानगरपालिका–१ बस्ने २४ वर्षीय लिमु रजक रहेका छन् । उनीहरुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
खानीखोलाबाट पोखरातर्फ जाँदै गरेको ग.१९ प ३८६९ नम्बरको स्कुटरलाई अस्थाई प्रहरी पोष्ट फुर्केखोलाबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुको साथमा गाँजा फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, पर्साको पटेर्वासुगौली गाउँपालिका–३ स्थित सडकबाट करिब २५ किलोग्राम गाँजा बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।
उक्त लागूऔषध २ जना अपरिचित व्यक्तिहरुले भारततर्फ लैजाँदै गरेका थिए । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीलाई देख्नासाथ उनीहरु गाँजा छोडेर फरार भएका थिए । हाल फरार रहेका व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण