स्थानीय तह निर्वाचनको तयारीमा लाग्न केन्द्रीय सदस्यहरुलाई नेपालको निर्देशन
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केन्द्री कमिटीका सदस्यलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् । बुधबार बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले केन्द्रीय कमिटीका सदस्यलाई स्थानीय तहको निर्वाचनमा उत्साहका साथ लाग्न निर्देशन दिएका हुन् ।
बैठकमा सम्मानित नेता झलनाथ खनालले पार्टी पक्ति एकतावद्ध भएर पार्टीलाई अगाडि बढाउनु पर्ने बताए । एकीकृत समाजवादीको तेस्रो केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भएको छ । उनको प्रतिवेदनमाथि नौ समूह छलफल भएको छ । समूहको निष्कर्ष बिहीबार आउने र अध्यक्षले जवाफ दिएपछि प्रतिवेदन पारित हुने महासचिव डा बेदुराम भुसालले जानकारी दिए । यस्तै बैठकमा सम्पर्क मञ्च सञ्चालन निर्देशिका र मोर्चा संगठन सञ्चालन निर्देशिकामाथि पनि छलफल भएको भुसालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण