घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज एकै दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ५ सयले रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकै दिन ३ हजार ५ सयले रुपैयाँले सुनको मूल्य ओरालो लागेको हो । हिजो बुधबार एकै दिन प्रतितोला २५ सय रुपैयाँले उकालो लागेको सुनको मूल्य आज फेरी ३ हजार ५ सयले रुपैयाँले घटेको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । हिजो छापावाल सुनको भाउ प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ पुगेको थियो ।
रुस र युक्रेनबीच सैन्य भिडन्त भइरहँदा निरन्तर उकालो लाग्दै दिनदिनै कीर्तिमान बनाइरहेको सुनको मूल्य आज घटेको हो । यससँगै, सुनचाँदी बजार इतिहासकै नयाँ कीर्तिमानी मूल्य कायम भएको सुन पुनः कीर्तिमानी मूल्य छुनबाट रोकिएको महासंघको भनाई छ ।
सुनसँगै ओरालो लागेको चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ तोकिएको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण