श्रीलङ्कासँग पर्यटन प्रवर्द्धन सहकार्य गर्न चेम्बरको प्रस्ताव
नेपाल चेम्बर अफ कमर्सले सार्क सदस्य राष्ट्र श्रीलङ्कासँग पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न प्रस्ताव राखेको छ । नेपालका लागि श्रीलङ्काकी राजदूत हिमाली शुभासिनी अरूनातिलकासँग जमलस्थित चेम्बर भवनमा शुक्रबार भएको भेटवार्तामा अध्यक्ष राजेन्द्र मल्लले पर्यटन सेवामा सहकार्यमार्फत दुवै मुलुकले आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताएका हुन्‌ ।
आगामी बुद्ध जयन्तीको अवसरमा नेपालले दोस्रो अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उडानको शुरू गर्न लागेको भन्दै अध्यक्ष मल्लले सीधा हवाई सम्पर्क बढाउन पनि आग्रह गरे । उनले भने, ‘नेपाल श्रीलङ्का दुवै सार्क राष्ट्रका सदस्य हुन् । आर्थिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले पनि समान छन् । श्रीलङ्काका पर्यटक सीधै भैरहवा विमानस्थलमा आएर नेपालको महत्वपुर्ण धार्मिक स्थल लुम्बिनीमा भ्रमण गर्न सक्छन् ।’
काठमाडौं-कोलम्बोको हवाई क्षमता विस्तार गरेर दुवै मुलुकले अन्य व्यापारिक लाभ लिनसक्ने पनि अध्यक्ष मल्लले बताए । पछिल्लो समय नेपालीहरू पनि घुम्नका लागि विदेश जाने क्रम बढेको भन्दै अध्यक्ष मल्लले त्यसको लाभ श्रीलङ्काले लिनसक्ने पनि उल्लेख गरे । नेपाल र श्रीलङ्काबीचको ६५ वर्ष लामो सम्बन्धलाई आर्थिक दृष्टिकोणले पनि परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
यसैगरी नेपालको जलविद्युत, पूर्वाधार तथा सेवा क्षेत्रमा लगानीका लागि अध्यक्ष मल्लले राजदूत हिमालीसँग आग्रह गरे । कोभिडका कारण आक्रान्त दुवै मुलुकको अर्थतन्त्र सुधारका लागि व्यवसायिक क्षेत्रमा सहकार्यमार्फत दुवै मुलुकले आर्थिक लाभ लिन सकिने भन्दै अध्यक्ष मल्लले निजी क्षेत्रबीच उच्चस्तरीय व्यवसायिक भ्रमणको व्यवस्था गर्न राजदूत हिमालीसँग आग्रह गरेका हुन्‌। नेपाल र श्रीलङ्काबीच एक अर्काका देशमा उत्पादन भएर निर्यात हुने सम्भावनायुक्त वस्तुहरूको पहिचान गरि सीधा हवाई सेवामार्फत व्यापार वृद्धि गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
जवाफमा राजदूत हिमालीले नेपाल र श्रीलङ्काबीचको व्यापार सहजिकरण मार्फत आर्थिक समृद्धिका लागि आफूले पहल गर्नुपर्ने बताइन् । पर्यटन सेवा विस्तार गरेर दुवै मुलुकले आर्थिक लाभ लिन सक्ने भन्दै उनले नेपाल र श्रीलङ्काबीच हवाई सेवा विस्तार गर्न पहल गर्ने प्रतिवद्धता जनाएकी छन् । नेपालमा श्रीलङ्काले हाल पूर्वाधार, जलविद्युत, सेवा क्षेत्रमा लगानी गरिरहेको र थप लगानीका लागि उपयुक्त वातावरण खोजिरहेको हिमालीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण