एक सातामा २७ सयले बढ्यो सुनको मूल्य
यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सातामा सुनको मूल्य करिब ३ हजार रुपैयाँले महँगिएको हो । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य उक्त रुपैयाँले महँगिएको महासंघले जनाएको छ । गत साता छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला मूल्य १ लाख २ हजार ६०० रुपैयाँ पुगेको छ ।
यसैगरी, यो साता सुनको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म सुनको मूल्य उक्त रुपैयाँले बढेको हो । यससँगै, चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ पुगेको छ ।
यरोएसियाली मुलुक रुस र युक्रेन आपसी युद्धमा होमिएपछि विश्वभर सुनको मूल्य निरन्तर बढिरहेको छ । रुसले युक्रेनमा आक्रमण गर्नुअघि सुनको मूल्य तोलामा ९० हजार रुपैयाँ आसपास थियो । तर, त्यसयता निरन्तर बढेर एक लाखभन्दा माथि पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण