बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

तौल कम गर्न खानपानमा परिवर्तन गरेर मात्रै नहुने

आइतबार, २९ फागुन २०७८, १० : ४८
आइतबार, २९ फागुन २०७८

आजकाल धेरैजसो मानिसको जीवनशैली पहिलेको जस्तै सक्रिय छैन । अत्यन्त कम व्यायाम र बसीबसी काम गर्नाले मोटोपनको समस्या बढ्दै गइरहेको छ । यसले गम्भीर किसिमका बिरामीलाई निम्ता दिइरहेको छ ।
तौल कम गर्न विशेषज्ञ खानपान र शारीरिक गतिविधिमा परिवर्तनको सल्लाह दिन्छन् । तर, क्यानेडियन मेडिकल एसोसिएशन जर्नलमा प्रकाशित भएको एक हालैको अध्ययनका अनुसार केवल सानो–तिनो परिवर्तनबाट तौल लामो समयसम्म नियन्त्रण गर्न सकिन्न भन्ने देखाएको छ ।

३२० सहभागीमा २ वर्षसम्म गरिएको थियो अनुसन्धान
अध्ययनमा धेरै तौल भएका र मोटोपनबाट पीडित ३२० वयस्कलाई समावेश गरिएको थियो । उनीहरुको उमेर २५ वर्षदेखि ७० वर्ष सम्मको रहेको थियो । यी सहभागीको औसत उमेर ५२.६ थियो र यसमा ७७ प्रतिशत महिला थिए । उनीहरुलाई २ वर्षसम्म प्रत्येक दिन १००  किलो क्यालोरी कम गर्न र २ हजार कदम हिड्नका लागि सल्लाह दिइएको थियो ।

मोटो मानिसमा सानो परिवर्तनको असर हुन्न 
अनुसन्धानमा मुख्य भूमिका निभाएका वैज्ञानिक रोबर्ट रोसले धेरै वजन वा मोटा वयस्कमा सानो परिवर्तनको असर लामो समयसम्म नरहने बताएका छन् । पहिले यस्तो मानिन्थ्यो कि शारीरिक क्रियाकलाप र खानपानमा सानो सानो परिवर्तन गर्नाले लामो समयका लागि वजन नियन्त्रण गर्न सकिने वैज्ञानिकले भन्दै आएका थिए । तर यो अध्ययनको नतिजाले केही अन्य नै बताउँछ ।

पहिले भएको अनुसन्धानको नतिजा यसको उल्टो थियो
यो भन्दा तीन वर्ष पहिले भएको एक अध्ययनमा अधिक वजन  भएका मानिसमा सानो परिवर्तन गर्नाले लामो समयका लागि वजन नियन्त्रण गर्न सकिने पाइएको थियो । तर हाल आएर यो अनुसन्धान पनि गलत सावित भयो । 

यद्यपि क्यानडाका ६३ प्रतिशत वयस्क धेरै वजन वा मोटोपनसँग जुझिरहेका छन् । उनीहरुको मोटोपन यस्तो बिरामीको कारण बन्न सक्छ, जो आजीवन साथ रहन्छ । वैज्ञानिकका अनुसार बढ्दो वजन एक सार्वजनिक स्वास्थ्य चुनौति बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप