सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नगराइन नगरपालिका : दुई सातामा दुई प्रशासकीय अधिकृत

आइतबार, २९ फागुन २०७८, १६ : ३३
आइतबार, २९ फागुन २०७८

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जनप्रतिनिधिहरुले आफ्ना अनुकुलका कर्मचारी ल्याएपछि कर्मचारीबीच असन्तुष्टी बढ्दै गएको छ । एक कर्मचारी अधिकारीलाई हटाएर अर्का कर्मचारी ल्याउँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उजुरी दिएपछि फेरि अर्कोलाई ल्याइएको हाे ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले धनुषाको नगराइन नगरपालिकामा दुई सातामा दुई प्रमुख प्रशासकीय अधिकृत पठाएको छ । यसअघि नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुलाई हटाएर सन्तोष शर्मालाई पठाएको थियो । सोनुले आफूभन्दा कनिष्ठलाई प्रशासकीय अधिकृत पदमा ल्याएको भन्दै मन्त्रालयमा उजुरी दिएका थिए ।  उनको उजुरी पछि मन्त्रालयले शर्मालाई हटाएर नवौं तहका उपसचिव ओम प्रकाश महतोलाई प्रमुख पठाएको छ ।

नगराइन नगरपालिकामा दुई साताभित्रमा दुई जना प्रशासकीय अधिकृत आइसकेका छन् । मन्त्रालयले सातौँ तह प्रशासन सेवा तर्फका शर्मालाई पठाएको थियो । धनुषाकै सबैला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत समेत रहेका शर्मालाई नगराइन नगरपालिकामा पनि सोही जिम्मेवारी मन्त्रालयले पठाएको थियो । शर्मा हाजिर भएपछि प्रशासन शाखामा कार्यरत्त आठौँ तहका प्रशासकीय अधिकृत सोनुले असन्तुष्टि जनाएका थिए । निवेदनमा उनले वरिष्ठ कर्मचारी हुँदाहुँदै कनिष्ठलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिँदा आफूले उनको निर्देशनमा काम गर्ने नसक्ने भन्दै प्रश्न उठाएका थिए ।  

नगराइन नगरपालिकामा स्वीकृत दरबन्दी संरचना अनुसार उपसचिव (नवौं, दशौं तह)) प्रमुख प्रशासकीय अधिकृत हुने भएकाले आफूभन्दा वरिष्ठ कर्मचारी प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइदिन निवेदनमा माग गरेका थिए त्यसपछि मन्त्रालयले शर्मालाई जिम्मेवारीबाट मुक्त गरी नगरपालिकाको स्वीकृत संगठन संरचना बमोजिम उपसचिव महतोलाई पठाएको थियो । फागुन २७ मा मन्त्रालयले ३० जना उपसचिवको सरुवा र पदस्थापनको क्रममा महतोलाई नगराइन नगरपालिकामा पठाएको हो । नगराइन नगरपालिकाबाट उपसचिव राजकुमार केसीको सरुवा भएको चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको थियो । रिक्त अवधि भर सोनुले जिम्मेवारी सम्हाल्दै आएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप