विपद्को दिगो व्यवस्थापनका लागि डोजरे विकासको अन्त्य हुनुपर्छ : श्रेष्ठ
बागमती प्रदेशका सांसद् विराजभक्त श्रेष्ठले विपद्को दिगो व्यवस्थापनका लागि अव्यवस्थित विकास प्रवृत्तिको अन्त्य हुन जरुरी रहेको बताए । उनले आइतबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ संशोधनको लागि बनेको विद्येयक माथिको छलफलका क्रममा अव्यवस्थित रुपमा हुने गरेको विकासले थप जटिलता भएको बताए ।
उनले डोजरे विकास कायम रहेसम्म विपद्ले बागमती प्रदेश आक्रान्त भइरहने बताए । डोजरे विकासको अन्त्य नै विपद्को दिगो व्यवस्थापन भएको उनले बताए । ‘विपद्को मुख्य कारण भनेको हाम्रो समाजमा रहेको डोजरे विकास हो । यसको अन्त्य नै विपद् व्यवस्थापनको दिगो उपाय हो ।’ उनले भने ।
उनले विपद् व्यवस्थापनको लागि बायो इन्जिनियरीङ्गका प्रविधिहरू अपनाउन जरुरी रहेको औंल्याए । बायो इन्जिनियरीङ्गका सफल प्रविधिहरू प्रयोग गरेर विपद् व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने उनले बताए । हालसम्म सरकारले बायो इन्जिनियरीङ्गका प्रविधिहरू प्रयोग नगर्दा वर्षेनि त्यस्ता घटनाहरुबाट धेरै क्षति हुने गरेको उनले बताए । बायो इन्जिनियरीङ्गका प्रविधिहरू प्रयोग गर्दा सम्बन्धित क्षेत्रको जैविक विविधताको समेत संरक्षण हुने भएकाले यस तर्फ सरकारको नीति केन्द्रीत हुनुपर्ने उनले बताए ।
सरकारले विपद् व्यवस्थापनको लागि पूर्व तयारी नगर्दा समस्या हुने गरेको उनको भनाइ छ । सरकारले विपद् पछि अवलोकनका नाममा हेलिकप्टरमा गएर उँचालाउ र चिउरा बाड्ने प्रवृत्तिको अन्त्य गरी दिगो व्यवस्थापनमा ध्यान दिन जरुरी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण