घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ हजार १ हजार ८०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
हिजो आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ थियो । जुन, आज प्रतितोला ५०० रुपैयाँले घटेको हो ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घट्दै १४ सय १५ रुपैयाँ कायम भएको छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ तोकिएको थियो ।
यसअघि, सुनको मूल्य बढेर १ लाख ५ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । त्यसयता निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य अहिलेसम्ममा २७ सयले घटिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण