उपभोक्तालाई राहत दिने नीति अवलम्वन गर्न माग
उद्योग संगठन मोरङले सरकारले कच्चा पदार्थ लगायत उत्पादनको क्रममा प्रयोग हुने वस्तुमा लगाउँदै आएको करमा कटौती गर्न माग गरेको छ । उद्योग संगठन मोरङले आज एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा वस्तुको मूल्य वृद्धि भएको अवस्थामा आम उपभोक्तालाई राहत दिन सरकारले कच्चा पदार्थलगायत उत्पादनको क्रममा प्रयोग हुने वस्तुमा लगाउँदै आएको करमा कटौति गर्न माग गरेको हो । उद्योग संगठनले त्यसरी कर कटौति हुँदा आम उपभोक्तालाई राहत पाउने बताएको छ ।
‘वर्तमान असहज अवस्था, विभिन्न कठिनाई र विदेशी वस्तुका साथ प्रतिस्पर्धाका बावजुद स्वदेशी बजारको आवश्यकता पूर्ति गर्ने भावका साथ उत्पादनलाई निरन्तरता दिई आपूर्ति श्रृङ्खलालाई सन्तुलनमा राख्न सहयोग पु¥याउँदै आएका उद्योग व्यवसायका साथै आम उपभोक्तालाई समेत राहत दिने नीति तत्काल अवलम्वन गर्न उद्योग संगठन मोरङ नेपाल सरकार समक्ष अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
साथै उद्योग संगठनले अन्तर्राष्ट्रिय वजारमा उकालो लागिरहेको पेट्रोलियम पदार्थको मूल्य, रुस र युक्रेन वीच जारी युद्धका साथै डलरको वढ्दो विनियम दरका कारण खानेतेल, उपभोग्य वस्तु, खाद्यसामग्री, निर्माण सामाग्री लगायतको अन्य वस्तुको मुल्य निरन्तर उकालो लागिरहेको जनाएको छ ।
खाने तेल उत्पादन गर्ने उद्योगहरुको मुख्य कच्चा पदार्थका रुपमा रहेको क्रुड सोयाविन तेल, क्रुड सनफलावर तेल, क्रुड पाम आयल र तोरीको दाना तथा इन्धनमा भईरहेको मूल्य वृद्धि, बढ्दो बैंक व्याज दरले उद्योगहरुको वस्तु उत्पादन लागत निरन्तर वृद्धि भइरहेको पनि उद्योग संगठनले जनाएको छ ।
‘देशका अधिकांश स्वदेशी उद्योगहरु विदेशी कच्चा पदार्थ निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा उतार चढाव आउँदा त्यसको प्रत्यक्ष प्रभाव स्वदेशी उद्योगको उत्पादनमा पर्ने गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कच्चा पदार्थको आयातमा बढ्दो लजिस्टिक कस्ट, व्याजदरमा भईरहेको वृद्धि, चालु पू“जीको अभावबाट उत्पादनमूलक उद्योगहरुमा सिर्जित समस्या र हरेक क्षेत्रलाई महँगाइले पिरोलेको समयमा केवल एक क्षेत्रलाई मात्र दोषारोपण गर्नु न्यायसंगत देखिँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण