‘चिसो एष्ट्रे’ लाई प्रिमियरमा राम्रो प्रतिक्रिया
फिल्म ‘चिसो एष्ट्रे’ को मंगलबार प्रिमियर भएको छ । सिभिल मलको क्युएफएक्स सिनेमामा साँझ आयोजित प्रिमियरमा फिल्मकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । फिल्म हेर्न अधिकांश सेलिब्रेटीले भने फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए । केही सेलिब्रिटीले फिल्म हलिउड जस्तो लागेको समेत बताए ।
प्रिमियरमा वरिष्ठ कलाकार सन्तोष पन्तले फिल्म हेरेपछि प्रतिक्रिया दिँदै फिल्म हेरिरहँदा आफूलाई नेपाली हैन हलिउड फिल्म हेरिरहेको भान भएको बताए । ‘युवा पुस्तालाई केन्द्रमा राखेर बनाएको फिल्म क्वाँटी जस्तै सबै कुराको मात्रा मिलेको र राम्रा छ’ पन्तले भने ।
निर्देशक प्रदीप भट्टराईले पनि सन्तोष पन्तको झैं फिल्मलाई हलिउड स्तरको मानेको प्रतिक्रिया दिए । ‘नेपाली सिनेमा हलिउड जस्ता किन बन्दैनन् भन्ने दर्शकका लागि चिसो एष्ट्रे जवाफ हो’ भट्टराइले भने । निर्देशक निश्चल बस्नेतले भने निर्देशक दिन्स पाल्पालीको प्रशंसा गर्दै यो फिल्मको सोचाइ र सोचाइलाई पर्दामा उतार्न निर्देशकले गरेको मेहनत प्रशंसनीय रहेको बताए ।

अभिनेता राजेश हमालले अब्स्ट्रयाक्ट सिनेमा आफ्नो रोजाइमा रहने गरेको बताउँदै फिल्मले काठमाडौँ खाल्डोलाई दृश्यको माध्यमबाट हेरेको बताए । प्रिमियरमा उपस्थित अधिकांशले फिल्म कथा वाचन गर्ने शैली, कलाकारको अभिनय प्रशंसाको बिषय बन्यो ।
प्रिमियरमा सेलिब्रेटीको प्रतिक्रियाले सन्तुष्ट देखिएका फिल्मका निर्माता महेशबाबु तिमिल्सिनाले धेरै वर्षको मेहनत सार्थक भएको महसुस गरिरहेको बताए । कवि भूपि शेरचनको ‘चिसो एष्ट्रे’ शीर्षक कविताको भावलाई कथानक स्वरुप दिई निर्माण गरेको फिल्म दिन्स पाल्पालीको निर्देशनमा बनेको हो । अजर जंगमको संगीत रहेको फिल्ममा दिव्य देव, सुशील पाण्डे सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नविन लम्साल र रविन तामाङ लगायतको मुख्य भूमिका छ ।
कार्यक्रममा भूपि पत्नी कान्ति शेरचनलाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो । उनले भूपिको कविताको भावलाई लिएर सिनेमा बन्नु नै सुन्दर पक्ष रहेको बताइन् ।
कंगारु क्रिएसन, लोकल सिनेमा र क्रिएटिभ नेपाल फिल्मस् संयुक्त प्रयासमा महेशबाबु निर्मित चलचित्रलाई प्रबिङ स्याङ्बो र सुष्मिता पराजुलीले निर्माणमा सघाएका छन् । फिल्म निर्माणमा उत्पल झा, रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडाको पनि सहकार्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण