‘२ नम्बरी’ मा पल शाहको स्थानमा सौगात
फिल्म ‘२ नम्बरी’मा हिरो फेरिएका छन् । फिल्मको मुख्य कलाकार पलको ठाउमा सौगात मल्ल भित्रिएका हुन् । पल नाबालिग करणीको आरोपमा हिरासतमा रहेका कारण निर्माण युनिटले उनको ठाउँमा सौगात भित्र्याएको हो ।
२ वर्ष अगाडि शुभ साइत गरेर छायाङ्कन सुरु गर्दा फिल्ममा पल शाह मुख्य भूमिका थिए । तर, फिल्मको छायाङ्कन भइरहँदा कोरोना महामारीका कारण काम अगाडि बढ्न सकेन । अहिले भने फेरि सुरु हुन लागेको हो । फिल्मका कलाकार पल फेरिएका र एक कलाकार जयनन्द लामाको निधन भएकोले फिल्म सुरुबाटै खिचिने भएको छ ।
दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा दयाहाङ राई, सौगात मल्ल,वर्षा राउत,उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका छ । आगामी ४ कार्तिकमा फिल्म रिलिज गरिने प्रस्तुतकर्ता किरण नेपालीले बताए । फिल्मका निर्माता दीपक मनाङ्गे र अमलादेवी राई हुन् । कार्यकारी निर्माता सरोज नेपाली रहेका छन् । फिल्मको छायाङ्कन १५ चैत्रबाट सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण