नम्रताले जित्लिन् त मिस वर्ल्डको ताज ?
बुधबार, ०२ चैत २०७८, २० : ३८
मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ अहिले अमेरिकाको पुएर्तो रिकोमा छिन् । ७० औं ‘मिस वर्ल्ड २०२२’ मा सहभागी हुन उनी गत शुक्रबार त्यहाँ पुगेकी हुन् ।
प्रतियोगितामा शिर्ष उपाधिका लागि ४० देशको सुन्दरीसँग उनले प्रतिस्पर्धा गरिरहेकी छन् । कोरोनाको तेस्रो लहरका कारण यस अगाडि स्थगित भएको प्रतियोगिताको अन्तिम स्पर्धा नेपाली समय अनुसार बिहिबार बिहान आयोजना हुँदैछ ।
हेड टु हेड च्यालेन्जमा विजयी हुँदै अन्तिम ३० भित्र समेत छानिएकी उनी ब्युटी विथ पर्पमाको उत्कृष्ट १० भित्र समेत पर्न सफल भएकी छन् । यी दुवैमा सफलताले मिलेको कारण उनले उपाधि जित्न सक्ने अनुमान अहिले गरिएको छ ।
प्रतियोगितामा सहभागीको लागि अमेरिका उड्ने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा उनले जितको अठोटका साथ आफु ‘मिस वर्ल्ड’मा सहभागी हुन लागेको बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण