बेलायती प्रधानमन्त्रीले गरे युएई र साउदी नेताहरूसँग छलफल

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा रुसको विशेष अपरेशनको सम्बन्धमा युएई र साउदी अरेबियाको भ्रमणको क्रममा ऊर्जा सुरक्षाबारे छलफल गर्ने बेलायती सरकारले बुधबार उल्लेख गरेको छ।
"प्रधानमन्त्रीले आज बुधवारे अबुधाबी र रियादका नेताहरूसँग ऊर्जा, क्षेत्रीय सुरक्षा र मानवीय राहतमा वार्ता गर्नुहुनेछ," विज्ञप्तिमा जनाइएको छ। साउदी अरेबियाको यात्रा गर्नुअघि उनले युएईमा युवराज मोहम्मद बिन जायेदसँग भेट गर्ने विज्ञप्तिमा उल्लेख छ।
नेताहरूले ऊर्जा सुरक्षा सुधार गर्न र ऊर्जा र खाद्यान्नमा अस्थिरता कम गर्ने प्रयासबारे छलफल गर्ने अपेक्षा गरिएको छ। तेल उत्पादन बढाउन सम्भावित थप उपायहरूमा पनि छलफल हुने बताइएको छ । बेलायती प्रधानमन्त्रीले भने "बेलायतले नयाँ वास्तविकतासँग जुध्न अन्तरराष्ट्रिय गठबन्धन निर्माण गरिरहेको छ। संसारले रूसी हाइड्रोकार्बनहरू त्याग्नु पर्छ र पुटिनको तेल र ग्यासको उन्मादलाई राम्ररी प्रतिक्रिया दिनुपर्छ।"
"साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स त्यस प्रयासमा प्रमुख अन्तरराष्ट्रिय साझेदारहरू हुन् । हामी उनीहरूसँग क्षेत्रीय सुरक्षा सुनिश्चित गर्न, मानवीय राहत प्रयासलाई समर्थन गर्न र दीर्घकालीन रूपमा विश्वव्यापी ऊर्जा बजारलाई स्थिर बनाउन काम गर्नेछौं" उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्क्विड गेमको सिजन ३ ल्याउँदैछन् मेकर
-
भयानक कार दुर्घटनामा इन्डियन आइडल–१२ विजेता पवनदीप राजन घाइते
-
ओलीको जेलजीवन सम्झाएर खगराजले मागे गण्डकीलाई बजेट
-
लेडी गागाको कन्सर्टमा बम प्रहार गर्ने प्रयास विफल
-
हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एक जनाको मृत्यु
-
नेपालमा मृत्युको स्थिति : सबैभन्दा धेरै कोशी प्रदेशमा, सबैभन्दा न्यून कर्णालीमा