प्रदेश प्रमुख शर्मा र अध्यक्ष सुवेदीबीच भेटवार्ता
बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीबीच भेटवार्ता भएको छ । उनीहरुबीच बुधबार हेटौंडास्थित प्रदेश प्रमुख कार्यालयमा भेटवार्ता भएको हो ।
भेटमा आयोगका अध्यक्ष सुवेदीले आयोगबाट हालसम्म भएका गतिविधिका बारेमा प्रदेश प्रमुख शर्मालाई जानकारी गराएका थिए । अध्यक्ष सुवेदीले २०५२ फागुन १ गतेदेखि २०६३ मंसिर ५ गतेसम्मको सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा आयोगले गरिरहेको गतिविधि, छानविन, परिचयपत्र वितरण लगायतका बारेमा जानकारी गराएका थिए ।
उनीहरुबीच आयोगसँग सम्बन्धित ऐन नियम एवम् नीतिमा भए बमोजिम द्वन्द पीडितहरुलाई प्रदान गरिनु पर्ने सेवा सुविधाका बारेमा पनि छलफल भएको थियो । अध्यक्ष सुवेदीले बेपत्ता पारिएका व्यक्तिका विषयमा आयोगले संघीय सरकार, प्रदेश तथा स्थानीय तहलाई गरेको सिफारिस कार्यान्वयन गराउन सहजीकरणका लागि प्रदेश प्रमुख शर्मासमक्ष आग्रह पनि गरे ।
यस्तै, प्रदेश प्रमुख शर्माद्वारा आयोगले लामो समयदेखि द्वन्द पीडितहरुको पक्षमा गर्दै आइरहेको कामको प्रशंसा गर्दै आयोगका सिफारिस कार्यान्वयनका लागि सम्बन्धित पक्षहरुसँग समन्वय तथा आवश्यक सहजीकरणका लागि आफू सदैव लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चर्चित अमेरिकी गायक डि४भिडमाथि १४ वर्षीया किशोरीको हत्या आरोप
-
ट्रम्पकी पत्नी र छोराबारे इरानी सञ्चारमाध्यमद्वारा विवादास्पद भिडियो सार्वजनिक
-
सुनसरी घटनाको असर : सिरहामा राजमार्ग अवरुद्ध
-
एमालेसँग भएको तीन बुँदे सहमतिलाई लिएर पार्टीभित्र कुनै विवाद छैन : प्रवक्ता ज्वाला
-
नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर’, नमस्ते क्रेडिट सीमा पनि बढ्यो
-
नागढुङ्गा सुरुङमार्गबारे पूर्वप्रधानमन्त्री खनालको प्रतिक्रिया, ‘मेरो पहिलो निर्णय यथार्थमा परिणत भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण