शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् : मुख्यमन्त्री राई

बिहीबार, ०३ चैत २०७८, ०७ : ४६
बिहीबार, ०३ चैत २०७८

प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले फागु पूर्णिमाका अवसरमा शुभकामना दिएका छन् । मुख्यमन्त्री राईले हिमाली तथा पहाडी जिल्लामा आज बिहीबार र तराईका जिल्लामा भोलि शुक्रबार मनाइने फागु पूर्णिमा (होली)का अवसरमा शुभकामना दिएका हुन् । 

उनले शुभकामना दिंदै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने धारणा व्यक्त गरेका छन् । ‘साँस्कृतिक विविधता युक्त नेपाली समाजमा यस होली पर्वले समस्त नेपालीहरूबीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम राख्न योगदान पु¥याउने विश्वास व्यक्त गर्दै सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ मुख्यमन्त्रीले राईले भनेका छन् । 

हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् भन्दै मुख्यमन्त्री राईले यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप