कमेडी विषयमा बन्यो ‘सर्खारको सर’
कमेडी टेलिसिरियल ‘सर्खारको सर’ निर्माण भएको छ । सेलिब्रेटी नेपाल र देवांशी इन्टरटेनमेन्टको ब्यानरमा सिरियल निर्माण भएको हो । सिरियलका निर्देशक बिनय पौडेल रहेका छन् । राजनीतिक विकृति विसंगतिसँगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्या उजागर गर्ने उदेश्यले सिरियल निर्माण भएको हो । सिरियलमा कलाकार दीपक आचार्य, रविन्द्र झा र सिपी पुडासैनीको मुख्य भूमिका रहेको छ ।
रघुनाथ सापकोटा र लीला केसीको निर्माण रहेको सिरियलमा दीपक, रविन्द्र, सीपीको अलवा लीला केसी, जगदीश्वर अधिकारी, प्रतिषा रिजाल, राजु कट्टेल, सिजन तिवारी,मरिना गुरुङ, सुरज अधिकारी लगायतका कलाकारको अभिनय छ ।
जीवन पराजुलीको छायाङ्कन, रोहन जिरेलको सम्पादन रहेको सिरियलका सह निर्माता नवराज भण्डारी हुन् । सिरियल छिट्टै टेलिभिजनमार्फत प्रसारणमा आउने निर्माता रघुनाथ सापकोटाले बताए । सिरियल ‘सर्खारको सर’ को डिजिटल पार्टनर डीएआर मुभिज रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण