शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

'पिर'बाट हटाइयो विवादित दृश्य

शनिबार, ०५ चैत २०७८, १८ : ४५
शनिबार, ०५ चैत २०७८

विवादमा आएपछि गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत पिरका केही दृश्य सम्पादन गरी पुनः अपलोड गरेका छन् । माओवादी जनमुक्ति सेना देहव्यापारमा लागेको दृश्यबारे सम्बन्धित पक्षले आपत्ति र विरोध जनाएपछि त्यसलाई हटाएर नयाँ भिडियो अपलोड गरिएको सपुतले जनाएका छन् ।

पिरमा प्रतीकात्मक रूपमा राखिएको एउटा दृश्यले र पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्नुका साथै नै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायामा पारिदिएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले भनेका छन्, 'नियोजित रूपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरू विषयान्तर भइरहने जस्तो भयो ।  त्यसैले कुनै दबाब/ प्रभाव ले नभएर  यो बिचमा  आएका तपाईंको प्रतिक्रिया,  अग्रज स्रष्टा सर्जकहरूको सुझाव, लेखक, पत्रकार, समीक्षकहरूको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई लाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नयाँ भिडियो रि-अपलोड गरिएको छ ।'  

उनले लेखका छन्  : सर्वाधिक लाईक र कमेन्ट सहित १७ दिनमा #गल्बन्दी , १५ दिनमा #कुरा बुझ्नपर्छ र ७ दिनमा #पिर करोड पटक हेरिएको छ । हाम्रो प्रयास को इतिहास र तपाईंको प्रेम को इतिहास निरन्तर दोहोरिएको छ । एउटा सर्जक र उसको  टिमका लागि र समग्र व्यावसायिक सङ्गीत बजारका लागि यो अपार सफलता हो । तर आगामी दिनमा आउन सक्ने  असफलता पनि सामान्य लागोस् भनेर मैले आफ्नो सफलतालाई सामान्य रूपमा लिन थालेको छु । यद्यपि तपाईंको अमूल्य शुभेच्छा मेरो लागि असामान्य छ । मैले आफ्नो क्षेत्रमा जबरजस्त उपस्थिति र स्थान बनाएको छु । रेकर्डहरू बनाएको छु । सपना र  सङ्घर्ष पछिको यो सफलता भने सामान्य होइन । कहिले काहीँ त लाग्छ - भयो अब ! पुग्यो । I’m done !

खैर, पिरले सफलता मात्रै होइन धेरै कुरा सिकाएको छ। सचेत गराएको छ । तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शकस्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह/ समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने चेत  गराएको  छ ।सिर्जना गर्दा  अझै धेरै अध्ययन गर्न प्रेरित गरेको छ । यद्यपि सर्जक ले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जना प्रति दर्शकले आफ्नो दृष्टिकोण फराकिलो बनाउने ?   यो  बहस हुन जरुरी छ । भइरहोस ।  जे होस, पिरमा प्रतीकात्मक रूपमा राखिएको एउटा दृष्यले,  पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्यो नै गीत र भिडियो का अन्य सौन्दर्यलाई समेत छायामा पारिदियो । अनअफिशियल रूपमा त पुरानो भिडियो सेभ होलान् । अतिरञ्जित गरेर सोसियल मिडियामा सेयर पनि गरिएला ( नगर्न अनुरोध )  तर लाखौँ सब्सक्राईब भएको Pakash Saput official Youtube  मा त्यो भिडियो अर्काईभको रूपमा रहने र जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने जस्तो भयो । नियोजित रूपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरू विषयान्तर भइरहने जस्तो भयो ।  त्यसैले कुनै दबाब/ प्रभाव ले नभएर  यो बिचमा  आएका तपाईंको प्रतिक्रिया,  अग्रज स्रष्टा सर्जकहरुको सुझाव !  लेखक, पत्रकार, समीक्षकहरूको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई लाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नयाँ भिडियो रि-अपलोड गरिएको छ ।  साथै सात दिन सम्म ट्रेन्डिङ १ मै रहेको, ५ लाख ५० हजार लाईक र ३८ हजार प्रतिक्रिया आएको , एक करोड प्लस निरन्तर हेरिएको भिडियो हटाउने  निर्णय गरेको छु ।केहि दृश्यमाथिको आलोचना,  व्यापक चर्चा सहित व्यावसायिक सफल भएको गीत र भिडियो त हटाएको छु  तर गीत र भिडियोमा गरिएको नेपाली समाजको  चित्रण हटाएको छैन ! आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन  र हटाएको छैन सोधिएका गम्भीर प्रश्नहरू…

#पिर- Re uploaded. मन लागेछ भने फेरी हेर्नु होला । र कसैको आत्मसम्मान र सर्जकको ईमान्दारीतालाई मनन गर्दै आफ्नो प्रतिक्रिया दिनु होला । थप राजनीतिकरण र अतिरञ्जित नगरौँ है त । धन्यवाद !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप