‘मेरो कथा’ को ५१ औं भागमा कलाकारलाई सम्मान
नेपाली टेलिश्रृखंला ‘मेरो कथा’ कलाकारलाई सम्मान गरेको छ । श्रृंखलाले प्रसारणको ५१ औं श्रृखंला पुरा गरेको उपलक्ष्यमा एक कार्यक्रम आयोजना गर्दै कलाकारलाई सम्मान गरेको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार तथा निर्देशक नीर शाह, निर्माता तथा वितरक गोपाल काजी कायस्थ, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्देशक शोभित बस्नेत, कलाकार संघका उपाध्यक्ष मोहन निरौला, निर्देशक तथा कलाकार उत्तम केसी लगायतले कलाकारलाई सम्मान दिए ।
गीता नेपालको निर्देशन रहेको श्रृंखलामा अबबाट निर्देशकको जिम्मेवारी रामजी राउतले सम्हाल्ने छन् । रमेश बुढाथोकी, पवन मैनाली, हिउँवाला गौतम, प्रिया रिजाल, गीता नेपाल, अशोक धिताल, माधव पण्डित, रिया श्रेष्ठ, सपना श्रेष्ठ, तेजुला खतिवडा, रामजी रावत, जयश्री कार्की, नेवीश्री कार्की, सरोज दाहाल, सन्दिप कँडेल, अनामिका चौलागाईं, अञ्जली तामाङ, रमेश अधिकारी लगायतका कलाकारको अभिनय रहँदै आएको छ ।
धनेश्वर मिडियाको ब्यानरमा निर्माण भएको श्रृंखला तेजुला खतिवडा र कृष्ण कार्कीले निर्माण गरेका हुन् । क्यामोदिन मियाको सम्पादन र रामेश्वर हुमागाईको छायाङ्कन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण